back
CTIZAN AD

बजगाईंको ‘भाया साक्रा’ सार्वजनिक

वि.सं.२०७४ फागुन १२ शनिवार

957 

shares

१२ फागुन, लन्डन । रोमान्टिक धाराका प्रसिद्ध कवि जोन किट्सको निवास लण्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’ (पवित्रपथ) लेखक आफैँले सार्वजनिक गरेका छन् ।
सन् १७९५ मा जन्मनुभएका किट्सको निवासलाई ‘सिटी अफ लण्डन’ ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ । सो नियात्रा संग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ यात्रानुभूति समावेश छन् । बजगाईंको नियात्रा संग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण पाइन्छ ।

आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा साहित्य लेखन, सम्पादन र प्रकाशनमा सक्रिय छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौँ साहित्यिक कृति तथा दोस्रो नियात्रा संग्रह हो । यसअघि उनका ‘युरेशियाको स्पर्श’ (नियात्रा संग्रह), ‘कमरेड भाउजू’ ‘कथासङ्ग्रह’, ‘स्रष्टा र डिजिटल वार्ता’ (अन्तर्वाता संग्रह), ‘यन्त्रवत्’, ‘रोडम्याप’ र ‘कवच’ लघुकथा संग्रह ,‘हिउँको तन्ना’ (हाइकु संग्रह) कृति प्रकाशन भइसकेका छन् ।

सुप्रमा साहित्य पुरस्कार (बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल), सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक (नेपाल) आदि पुरस्कार तथा सम्मानद्वारा बजगाईं सम्मानित भएका छन् ।

वि.सं.२०७४ फागुन १२ शनिवार ०४:४७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...