back
CTIZAN AD

बजेट अभावमा शिक्षकको तलब खुवाउन समस्या

वि.सं.२०७४ फागुन १२ शनिवार

1.1K 

shares

 

१२ फागुन, बाबियाचौर, म्याग्दी । म्याग्दीका स्थानीय तहमा आवश्यकताअनुसार बजेट उपलब्ध नभएपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताले समयमै तलब पाउन सकेका छैनन् ।

अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि पर्याप्त बजेट नपठाएको, पठाएको पनि कोष तथा लेखानियन्त्रकको कार्यालयले अख्तियारी नदिएको र अपुग बजेट कसरी जुटाउने भन्ने विषयमा समन्वयको अभावमा समस्या सिर्जना भएको हो । अन्नपूर्ण गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्थ मन्त्रालयले पठाएको बजेट नपुगे पनि अन्य स्रोतबाट व्यवस्थापन गरेर दोस्रो चौमासिकको फागुनसम्मको शिक्षक कर्मचारीको तलब निकासा गर्ने निर्णय गरेको छ ।

दोस्रो चौमासिकको पूरा तलब निकाशा गर्ने र अपुग बजेटका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं २ का अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । अन्नपूर्णमा कार्यरत ३०२ जना शिक्षकले पहिलो चौमासिकको समेत पूरा तलब पाउनसकेका छैनन् ।

यसैगरी बेनी नगरपालिकाले दोस्रो चौमासिकको मंसिर र पुस महिनाको मात्र तलब निकासा गरेको छ । शिक्षकको तलबका लागि वार्षिक रु १६ करोड बजेट आवश्यक पर्नेमा अर्थ मन्त्रालयले रु १२ करोड पठाएको थियो भने रु आठ करोड मात्र निकासा भएको छ ।

निकासा भएको रु आठ करोडमध्ये रु पाँच करोड ८५ लाख पहिलो चौमासिकमा वितरण गरिएको र दोस्रो चौमासिकमा दुई महिनाको रु दुई करोड ६४ लाख वितरण गरेको र थप बजेटको पहल गरेको बेनपाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताए । बेनपाका विद्यालयमा पाँच सय ५४ जना शिक्षक कार्यरत छन् ।

रघुगंगा गाउँपालिकाले अझै दोस्रो चौमासिकको तलब निकासा गर्न सकेको छैन् । जति, पुग्छ त्यति तलब एक, दुई दिनमा विद्यालयको खातामा निकासा गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागार्इंले बताए । रघुगंगाका विद्यालयमा दुई सय ७८ शिक्षक कार्यरत छन् ।

धौलागिरि, मालीका र मंगला गाउँपालिकाले पनि पहिलो र दोस्रो चौमासिकको तलब खाए पनि तेस्रो चौमासिकका लागि आवश्यकपर्ने बजेट अपुग भएको जनाएका छन् । शिक्षक संगठनका प्रतिनिधिले समयमै तलब खुवाउन नसकेको भन्दै स्थानीय तहमा दबाब दिन थालेका छन् । (रासस)

वि.सं.२०७४ फागुन १२ शनिवार ०८:५१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...