back
CTIZAN AD

बारामा रु एक अर्ब ६३ करोडको आलु उत्पादन

वि.सं.२०७४ फागुन १२ शनिवार

963 

shares

१२ फाुगन, कलैया । बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ ।

मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए ।

साहका अनुसार यस वर्ष बाराका कृषकले कूल सात हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएको थियो । प्रतिहेक्टर १६ दशमलव ५ मेट्रिक टनका दर आलु उत्पादन भएको छ ।

जिल्लाको हरिहरपुर, गोलगंगा, अमृतजंज, देवापुर, भगवानपुर, विदुरवती, बरीयारपुर र मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको सबै क्षेत्रका कृषकले आलुखेती गर्ने गरिन्छ ।

यहाँ उत्पादित आलुमध्ये करिब ३० प्रतिशत जिल्लास्थित कोल्ड स्टोरमा भण्डारण गर्ने गरेको छ । बाँकी आलु जिल्लाभित्र खपत हुने र केहि छिमेकी जिल्लामासमेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका राजबेँसीप्रसाद चौधरीले बताए ।

आर्थिक वर्ष ०७३÷०७४ मा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो । गत वर्ष ७०÷७५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुखेतीबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दर उत्पादन भई जिल्लामा कूल एक लाख पाँच हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लामा उत्पादित आलु अहिले कलैया बजारमा प्रतिकेजी रु १५ देखि २० मा बिक्री भइरहेको छ ।
प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताए । रासस

वि.सं.२०७४ फागुन १२ शनिवार ०९:०९ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...