back
CTIZAN AD

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

वि.सं.२०७४ फागुन १४ सोमवार

759 

shares

१४ फागुन, चितवन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो ।

होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई नियन्त्रणमा लिन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न चारवटा रणनीति अपनाइएको उक्त कार्यालयले छ ।

होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालनबाहेक महानगरको बजार क्षेत्रमा २४ स्थानमा विशेष सुृरक्षा सेवा राखिने मातहतसहित १० वटा गस्ती टोली परिचालन गरिने, ११ स्थानमा ट्राफिकसहितको विशेष जाँच गरिने र सूचना संकलनका लागि सादा पोशाकका प्रहरीलाई बजार क्षेत्रमा परिचालन गरिने छ ।

अघिल्ला वर्ष होली पर्वमा मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि गर्नेलाई सम्झाई–बुझाई पठाइने गरेको भए पनि यस वर्ष पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने भएको छ ।

यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने छ । चितवनमा भने दुवै दिन मनाउने गरिएको छ ।

वि.सं.२०७४ फागुन १४ सोमवार ०७:३६ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...