१५ फागुन, काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले यूकेएड सक्षमसँगको सहकार्यमा यस बैंकको साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा तथा शाखारहित सेवा आसपासको क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्घि गर्नका लागि फाल्गुण ७ गते चन्द्रोदय मा.वि., गजुरी, धादिङ्गमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई माछापुछ्रे बैंकको तर्फबाट बैंकका सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले ३५० थान झोला समेत हस्तान्तरण गरेका थिए ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु तथा यूकेएड सक्षमसँगको सहकार्यमा स्थापित १२ समेत गरी कूल १४ शाखा रहित बैंकिङ सेवा मार्फत ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको पनि विज्ञप्तिमा जनाएको छ ।
वि.सं.२०७४ फागुन १५ मंगलवार ०४:०३ मा प्रकाशित






























