back
CTIZAN AD

दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ

वि.सं.२०७४ फागुन १७ बिहीवार

882 

shares

१७ फागुन,भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् ।

गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । झण्डै एकसाता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजार नजिक कुटिया (धर्मशाला)मा आश्रय लिँदै आएका अभियुक्त रानाको यस अपराधमा हात रहेको पत्ता लगाएको हो ।

“अनुसन्धान गर्दै जाँदा सुरुमा अभियुक्तले निकै बहानाबाजी गरे,” प्रहरी निरीक्षक रोकायाले भने “अनुसन्धान थालेको दुई दिनपछि हत्या गरेको स्वीकार गरे ।”

प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादक पदार्थ सेवन गरेर जंगलको बाटो हुँदै कुटियातर्फ फर्किदै गर्दा बाटोमा वृद्धा धामीको हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ ।

अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमवस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल (माता) लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मल्ललाई हत्या गरेको झण्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो ।

धर्मशालामा आश्रय लिँदै आएका मल्ललाई आफूलाई धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए ।

वि.सं.२०७४ फागुन १७ बिहीवार ०३:१७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...