back
CTIZAN AD

होटल तथा पर्यटन व्यवसायी महासंघ ३ नं प्रदेशको अध्यक्षमा उप्रेती

वि.सं.२०७४ फागुन १८ शुक्रवार

687 

shares

१८ फागुन, त्रिशूली, नुवाकोट ।  होटेल तथा पर्यटन व्यवसायी महासंघको प्रदेश नं ३ स्तरीय प्रथम अधिवेशनले व्यवसायी महासंघ प्रदेश नं ३ कार्यसमिति अध्यक्षमा नुवाकोटका सन्तोष उप्रेतीलाई सर्वसम्मत चयन गरेको छ ।

समितिका वरिष्ठ उपाध्यक्षमा उमेश सुवेदी, प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा देवराज नेपाल, महासचिवमा निकु सर्राफ, सचिवमा गणेश पौडेल, सहसचिवमा अजय त्रिपाठी र कोषाध्यक्षमा रमेश बराल तथा सदस्यमा श्यामकुमार श्रेष्ठ, विष्णुप्रसाद भण्डारी, नारायणमान श्रेष्ठ, नेत्रप्रसाद न्यौपाने, शिवप्रसाद शाही र दिनेश कार्की चयन भएका छन् ।

अधिवेशनमा प्रदेश नंं. ३ का १३ जिल्लाको सहभागिता थियो । हरेक जिल्लाबाट पाँच प्रतिनिधि सहभागी भएको भेलाको आयोजक नुवाकोट होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मधुसूदन थपलियाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य तथा नेकपा(एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले होटेल तथा पर्यटन व्यवसायीलाई ग्राहकको अधिकारलाई मनन गरी सेवा प्रवाह गर्न आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले देशमा सबै स्थानीय तहमा स्तरीय होटेल सञ्चालन गर्न आग्रह गरे ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०२:३० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...