back
CTIZAN AD

युवाहरुको पहलमा बन्यो नशामुक्त गाउँ

वि.सं.२०७४ फागुन १९ शनिवार

861 

shares

१९ फागुन, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका -९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ ।

दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो ।

गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती खेप्नुपर्ने अवस्था थियो समितिका संयोजक जनकबहादुर विष्टले भन्नुभयो,“असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिँड्नै छाडेका थिए ।”

बाटो हिँडने युवतीलाई अभिभावककै अघि जिस्क्याउने, निहुँ खोजेर झगडा गर्नु त दुव्र्यसनमा फसेका युवाको दैनिकीनै बनेको थियो ।

बारम्बार झै झगडा गर्नु र पसलमा चोरी हुनुले स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो स्थानीयवासी भोजराज पन्तले भने, “दुव्र्यसनमा फसेका युवालाई सतमार्गमा डो¥याउनका लागि निकै चुनौती थिए । जनप्रतिनिधिकै उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरी सुधार गर्ने निधो गरियो ।” “सुधारका लागि निर्णय गरिए । निर्णय पालनाका लागि सबैका लागि कार्यसूची तयार गरी कार्यान्वयनमा ल्याइएपछि गाउँलाई नशामुक्त बनाउन सकियो” उनले भने ।

लागुऔषधको कुलतमा फसेका युवालाई सचेत गराउन विद्यालयमै प्रार्थना अघि पाँच मिनेट लागुऔषधले पु¥याउने हानीबारे जानकारी गराउने, गाउँका पसलमा गाँजा, चरेसलगायतका लागुऔषध बिक्री भए नभएकोबारे चियो चर्चो गर्न प्रहरीले निगरानी राख्ने र लागुऔषध पसलमा बिक्री भए नभएको बारे गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने कार्य गरिएपछि गाउँका युवालाई सुधार गर्न सहज भयो ।

जुनसुकै बेला पनि गाउँमा मदिरा बिक्री गरिँदासमेत समस्या थियो जनचेतना महिला समाज सुधार संस्थाका अध्यक्ष देवकी जोशीले भनिन्, “मदिरा बिक्रीको इजाजत लिएका पसल सञ्चालकलाई मदिरा बिक्री गर्न बेलुकी ५ बजेदेखि साँझ ८ बजेसम्म समय निर्धारण गरिएपछि गाउँमा विगतको जस्तो झै–झगडा र अशान्ति छैन ।”

अहिले बाटोमा हिँडने युवतीलाई युवाहरुले जिस्क्याउदैनन् । चोरीका घटनामा समेत निकै कमी आएको छ, झै–झगडा हुदैन । मनमुटाव भए गाउँकै अगुवाहरुले बसेर छलफल गरी निष्कर्षमा पु¥याइ मेलमिलाप गराउने हँुदा गाउँलेले नयाँ परिवर्तन आत्मसात गरेको लोकराज बोहराले बताए । रासस

वि.सं.२०७४ फागुन १९ शनिवार ०८:२४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...