back
CTIZAN AD

आगामी बजेट कृषि र युवामुखी बनाउने मन्त्री आङबोको प्रतिवद्धता

वि.सं.२०७४ फागुन १९ शनिवार

813 

shares

१९ फागुन, पाँचथर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताएका छन् ।

गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने स्पष्ट पारे ।

मन्त्री आङबोले प्रदेश–१ को मेरुदण्डको रुपमा रहेको रानी–किमाथाङा सडक र केचना–ओलाङचुङ मार्गलाई पूर्णता दिनुपर्छ भने ।

एकैपटक धेरैजना तत्कालीन जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्तीको रुपमा विकास गर्ने निर्णय भइसकेको उनले बताए ।

मन्त्री आङबोले जनयुद्धको समयमा बलिदान गर्नेको परिवारलाई संगठित गर्ने उद्देश्यले आफ्नो पहिलो महिनाको तलब पाँचथरमा शहीद परिवार समाज स्थापनार्थ खर्च गर्ने बताए ।

वि.सं.२०७४ फागुन १९ शनिवार ०८:२८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...