back
CTIZAN AD

विश्वकप क्वालिफायरः टस हारेर फिल्डिङ गर्दै नेपाल, तीन जना स्पिनर खेल्दै

वि.सं.२०७४ फागुन २० आइतवार

693 

shares

२० फागुन,काठमाडौं । आज देखि सुरु हुन लागेको विश्वकप क्वालिफायरको आफ्नो पहिलो खेलमा नेपालले जिम्वावे विरुद्धको खेलमा टस हारेर फिल्डिङ गर्ने भएको छ ।  जिम्बाबे स्थित जिक्वीन्स स्पोट्र्स क्लबमा हुने खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

पहिलो पटक नेपालको सिनियर टोलीमा स्थान बनाएका स्पीनर ललित नारायण राजवशीले जिम्बावे विरुद्ध डेब्यु गर्ने भएका छन्।  आजको
खेलमा नियमित फाष्ट बलर करन केसीलाई आराम दिईएको छ । आजको खेलमा ललित राजवंशी, सन्दीप लामिछाने र बसन्त लामिछाने तीनै जना स्पिनरलाई खेलाईएको छ ।
नेपाली टोलीः पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, रोहित कुमार पौडेल, र ललित राजवंशी

वि.सं.२०७४ फागुन २० आइतवार ०७:५६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...