back
CTIZAN AD

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

वि.सं.२०७४ फागुन २४ बिहीवार

819 

shares

२४ फागुन,सल्लेरी, सोलुखुम्बु  । सुत्केरीलाई बचाउने सोलु अस्पताल फाप्लुका चिकित्सकको प्रयास असफल भएको छ ।

बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन । सामान्य तरीकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा राजेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आज अपराह्न १ः४५ बजे छोरालाई जन्म दिएकी राईको सालसँगै पाठेघरसमेत योनीमार्गमा आएर अत्याधिक रक्तश्राव भएको डा बस्नेतले बताए । “तत्काल उपचार सम्भव नभएपछि जनरल एनेस्थेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो”, उपचारमा संलग्न डा दिलीप कोजुले भने, “पूरै शरीर बेहोश बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या शल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि बाहेक अन्यमा उपलब्ध हुँदैन, त्यसैले रेफर गर्नुको विकल्प थिएन ।”

“अत्यधिक रक्तश्राव हुन थाल्यो, ओ पोजेटिभ रगत आवश्यक पर्ने भएपछि अस्पतालक स्वास्थ्य सहायक आङलह्मु लामाले रगतसमेत दिएका थिए”, डा बस्नेतले भने “मिशन अस्पताल ओखलढुंगामा सम्पर्क गरी थप उपचारका लागि तत्काल जीप खोजेर डा कोजु र स्टाफ नर्ससहित त्यसतर्फ लागेका थियौँ, सुत्केरीको बाटोमै मृत्यु भयो ।

सुत्केरी बचाउन रगतसहित गए पनि करीब २० किमीको दूरीमा पर्ने तिङ्लाको रमितेमा उनको मृत्यु भएको थियो । आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् । बाटामै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुनः जिल्ला अस्पताल फाप्लु नै फर्काएर इसिजी गरिएको थियो । सुत्केरीको जेठाजु नाता पर्ने थामकुमारले भने, “जिल्लामा स्रोतसाधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै ज्यान गयो, राज्यले ध्यान दिनु जरुरी छ ।”(रासस)

वि.सं.२०७४ फागुन २४ बिहीवार १३:४६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...