२५ फागुन,काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ ।
विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बनेको थिए । उनका एक छोरा र एक छोरी छन् ।
वि.सं.२०७४ फागुन २५ शुक्रवार ११:०९ मा प्रकाशित




























