२६ फागुन, काठमाडौं । द्धन्द्धग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षिय तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दुतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली दुतावासमा आएपनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन उनको शव स्थानीय अस्पतालमा वेवारिस छ ।
८ महिनाअघि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो दुतावासमा यसको सुचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यावस्था दुतावासले अझै मिलाउन सकेको छैन ।
पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफुहरु सिरियामा बन्धक बनाइएको भन्दै ऐजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरुको उद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ । आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७४ फागुन २६ शनिवार ०३:५४ मा प्रकाशित





























