
२६ फागुन, काठमार्डाँ । लक्ष्मि बैंक कर्मचारी संघले आयोजना गरेको चियापान सहितको ट्रेड युनियन प्रशिक्षण कार्यक्रममा एक कर्मचारी बहालीको माग जोडदार उठाइएको छ ।
शुक्रबार भएको सो कार्यक्रममा लक्ष्मि बैंकको उच्च व्यवस्थापन तथा लक्ष्मि बैंक संचालक समितिद्वारा निलम्वन गरिएका कर्मचारी तथा लक्ष्मि बैंक कर्मचारी संघका केन्द्रीय सदस्य पुकार श्रेष्ठको पुर्नबहालिका सन्दर्भमा विशेष छलफल गरिएको थियो । कार्यक्रमले निलम्बित श्रेष्ठको पुर्नवहालीको माग गर्दै बैंक व्यवस्थापन पक्षलाई देशमा प्रचलित नियम कानुनको पालना गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको एक सहभागीले बताए ।
लक्ष्मि बैंकका संचालक तथा मालिकद्वारा संचालित एभरेष्ट ईन्सुरेन्स कम्पनि र प्राईम लाईफ ईन्सुरेन्स कम्पनिमा संस्थागत सुशाशन कायम गर्ने कुरामा कर्मचारी संघका सदस्यहरुले आवाज उठाउदा उक्त संस्थामा कार्यरत कर्मचारी सदस्यहरुले समेत दुख पाएको उनको भनाइ छ ।
लक्ष्मि बैंक लिमिटेडमा कर्मचारीमाथि भएको दमन, शोषण, अन्याय, अत्याचार र निर्दोष कर्मचारीमाथि व्यक्तिगत रिसईवि र पुर्वाग्रह राखि विदाको (शनिवार) का दिन गरिएको निलम्वनको प्रकृयालाई यथाशिघ्र फिर्ता लिन बैंक व्यवस्थापनलाई सचेत गराउने र सो कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने निर्णय भएको बताइएको छ । एकतर्फि गरिएको निलम्वनको प्रकृयालाई बैंक व्यवस्थापन पक्षले फिर्ता नलिएको खण्डमा बाह्य ट्रेड युनियन लगायत ट्रेड युनियन महासंघले हस्तक्षेप गर्ने र उक्त हस्तक्षेपबाट संस्थामा पर्न सक्ने अपुरणिय क्षतिको जिम्मेवार पनि स्वयम् बैंक व्यवस्थापक र बैंक संचालक समिति नै हुने कुराको जानकारी सहभागीहरुमा गराइएको थियो ।

लक्ष्मि बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा वित्तिय संस्था कर्मचारी संघ नेपाल, राष्ट्रिय समितिका महासचिव लक्ष्मण अधिकारी रहेका थिए । त्यसैगरी अतिथिमा नविल बैंक कर्मचारी संघका अध्यक्ष शुक्रराज भट्टराई, नविल बैंक कर्मचारी संघका उपाध्यक्ष पुर्ण भाट, प्रभु बैंक कर्मचारी संघका अध्यक्ष नारायण अधिकारी, प्राईम कमर्शियल बैंकका निवर्तमान अध्यक्ष प्रसान्त बल्लभ पन्त, प्राईम कमर्शियल बैंकका वर्तमान अध्यक्ष, एसविआई बैंक कर्मचारी संघका अध्यक्ष, बैंक अफ काठमाण्डौं कर्मचारी संघका महासचिव, नविल बैंक कर्मचारी संघका महासचिव, नविल बैंक कर्मचारी बैंक कर्मचारी संघका उपमहासचिव तथा कानुनी सल्लाहकार मनिष कुमार श्रेष्ठलगायत उपत्यकाभिञ कार्यरत लक्ष्मि बैंक लिमिटेडका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७४ फागुन २६ शनिवार १५:५९ मा प्रकाशित




























