back
CTIZAN AD

र म पागल भएकी हुँ

वि.सं.२०७४ फागुन २७ आइतवार

993 

shares


जब समय
उल्टो घुम्यो घडीमा
मेरा कामहरु उल्टा भए
मेरा दैनिकी उल्टो भयो
उल्टै भएर बर्तमान
मलाई मैले नै नचिन्ने भए
र पिएर स्वतन्त्रताको मदिरा
बन्द गर्दै हिँडे सडकहरु
आस्था चोरे मन्दिरबाट
आधुनिकताको मुर्ती पुजेपछि
बजेनन् घण्टिहरु अनुशासनका
र गुञ्जएन गुम्बाहरुमा
ॐ माने पेँभे हुँ
विश्वास उखालेर मस्जिदबाट
आर्तकको खेलबाड गरेपछि
सुनिएन आवाज अल्लाहको
मस्तिको मसानसँग
साटेर मेरो इतिहास
झिल्के झाँक्रीको झारफुक लगाएपछि
र म पागल भएकी हुँ ।
म उस्तो हो की
मेरो दुनियाँ उस्तो हो
विचलित भएर मेरो इनाम
झुटको बिरुवा उमार्छु
र फुलाउँछु ढकमक्क
झुटो सपन्नताको फूल
आडम्बर सजाएर छातिभरि
मेरो मुटु देखासेखीको सास फेर्छ
वुर्वानी गरेर दायित्व
मेरो रहर परिवर्तनको नारा लगाउँछ
र मलाई हरेक पल
आफ्नै बेतिथिले हिर्काए पछी
म पागल भएकी हुँ ।
पागल भएकी छु म यसरी पनि
जब
चर्चाको चुरोट सल्काएर आमाहरुले
गराएर न्यू फोटोसुट छोरीको
सामाजिक सञ्जालमा सजाएपछि
युग परिवर्तन श्वास फेर्नेहरु
उत्तेजित भएका छन् वर्तमानमा
जोखेर सुन्दरतासँग
शरिरका भित्री अङ्गहरु
ग्ल्यामरको न्वारान गरेपछी
धूँवा उडेर गयो
मेरो शरिरबाट लज्जाको
र म
चर्चाको चर्खामा घुमिरहेँ फनफनी
कुल्चिएर आफ्नै पैतालाले संस्कार
उत्तर आधुनिकताको सङ्खघोष भयो
अस्तित्व परिवर्तन भएर मेरा
घुम्यो मथिङ्गलपनि
र म पागल भएकी छु
हो हजुर
म पागल भएकै हुँ ।
मानसिकता बिकृत भएपछि घरैभित्र
उशृडखल्ताको नदि बग्यो बाबुहरुमा
र दाहसंस्कार गरेर सम्पूर्ण अभिभावकत्व
मेरो अस्मितामा कुठाराघात भयो
प्रत्येक पल
त्रासदीको तोक्मा भिराएर मेरो घाँटीमा
आफ्नै बाबुले
वंशको क्रयविक्रय गरेर
इमान्दारिताको हत्या गरेर हिँडेपछि
र म पागल भएकी हुँ ।

इति

 

वि.सं.२०७४ फागुन २७ आइतवार ०५:४५ मा प्रकाशित

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...

कविता : तर देश नाङ्गो नहोस्

कविता : तर देश नाङ्गो नहोस्

विदुर अधिकारी, रामपुर,चितवन मैल्योस् आङ समस्त गन्धिक बनी ,तर चेत...

कविता : युगयुगौँ मेरो यही कामना

कविता : युगयुगौँ मेरो यही कामना

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम संस्था होस् गतिशील उठ्दछ उँभो...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...