तेज थापा, साउदी । १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरको अवसर पारेर साउदी अरबमा पहिलोपटक नारी दिवस बिषेश कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ साउण्दी अरबले पूर्वी प्रान्त दम्माम स्थित अल खयाम रेष्टुरेण्टमा ९ मार्च, २०१८ शुक्रवारका दिन नारी दिवस सम्पन्न गरिएको हो ।
साउदीमा रहेका नेपाली महिलाहरूको भोगाइ तथा अनुभव, महिला कामदारहरूको समस्या र छलफल विषयक अन्तरक्रिया समेत जोडिएको कार्यक्रम नेपाली राजदूतावास रियादका नियोग उप–प्रमुख आनन्द प्रसाद शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

एनआरएनए आइसिसि मानार्थ सदस्य राजु सैयद, वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सह–संयोजक जोन (राजेन्द्र) अर्याल, मध्यपूर्व महिला सहसंयोजक स्यामीन वेगम, आइसिसि सदस्य धरम के.सी., मिडिया तथा पब्लिकेशन समिती सदस्य शुक्र मोक्तान, एनआरएनए एनसिसि सउदि अरबका अध्यक्ष नारायण पासवान, बरिष्ठ उपाध्यक्ष डम्मर यादव, महासचिव तेज थापा, महिला संयोजक रबिना अर्याल, प्रवक्ता उमेश भट्टराई, केन्द्रिय सदस्य दिपक शाही ठकुरी, एनसिसि साउदी अरबका संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, भुतपुर्व एनसिसि केन्द्रिय सदस्य सनिता श्रेष्ठ, पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष चन्द्रमणि भण्डारी, सचिव घनश्याम अर्याल, सदस्य चन्द्र बुढा, स्थानिय समन्वय समिति जुवेलका अध्यक्ष ओम फुयाँल,स्थानिय समन्वय समिति जुवेलका प्रमुख सल्लहकार तथा संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका केन्द्रिय सदस्य श्री प्रसाद यावा लिम्वु, खोबर स्थानिय समन्वय समितका अध्यक्ष जीवन लुँईटेल लगायत विभिन्न क्षेत्रमा कृयाशिल समाज सेवी, बुद्धीजिवीहरू, पत्रकार तथा मिडीयाकर्मी, महिला दिदि-बहिनिहरू एवम् नेपाली जनसमुदायहरूको उपस्थिति रहेको थियो ।

दुई चरणमा गरिएको कार्यक्रमको पहिलो खण्ड एनआरएनए आइसिसि मध्यपूर्व महिला सहसंयोजक स्यामीन वेगमले संचालन गरेकी थिइन् । पहिलो चरणको परिचयात्मक तथा शुभकामना आदानप्रदान अन्तर्गत बक्ताहरू क्रमशः पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष चन्द्र मणी भण्डारी, स्थानिय समन्वय समिति जुवेलका प्रमुख सल्लहकार तथा संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका केन्द्रिय सदस्य श्री प्रसाद यावा लिम्वु, भुतपुर्व एनसिसि केन्द्रिय सदस्य सनिता श्रेष्ठ, उपस्थित महिलाहरूको तर्फबाट शौरवि शर्मा, एनसिसि साउदि अरबका अध्यक्ष नारायण पासवान, आइसिसि सदस्य धरम के।सी।, आइसिसि वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सहसंयोजक जोन (राजेन्द्र) अर्याल, आइसिसि मानार्थ सदस्य राजु सैयद, नेपाली राजदूतावास रियादका नियोग उपप्रमुख आनन्द प्रसाद शर्माज्युले १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य दिएका थिए ।
दोस्रो चरण अन्तर्गत साउदीमा नेपाली श्रमिकहरू बिशेषतः महिलाहरूको भोगाइ तथा अनुभव, समस्या तथा समाधानका लागि सुझाव विषयक अन्तर्कृया चलाइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाली राजदुतावास रियादका उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद साउदी अरबका अध्यक्ष नारायण पासवान, आइसिसि मध्य९पूर्व क्षेत्रिय महिला उपसंयोजक स्यामिन वेगम, भुतपुर्व एनआरएनए आइसिसि वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका संयोजक तथा बर्तमान आइसिसि सदस्य धरम के.सीले सहभागिताा पुष्पा राई , डिके चाम्लिंग, दिपक भट्टराइ लगायत पाँच जना सहभागिहरूको भोगाइ, जिज्ञासा तथा समस्याहरूको सम्बोधन गरिएको थियो ।
दोस्रो चरणको कार्यक्रम एनसिसि साउदी अरबकी महिला संयोजक रबिना अर्यालले संचालन गरेकी थिइन् ।
वि.सं.२०७४ फागुन २७ आइतवार ०५:५९ मा प्रकाशित






























