back
CTIZAN AD

सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण

वि.सं.२०७४ फागुन २७ आइतवार

753 

shares

२७ फागुन, ललितपुर । भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने प्रमाणित भएको छ ।

निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या वर्षेनी बढिरहेको छ । अघिल्लो वर्ष औषतमा ६० बिरामी उपचारका लागि केन्द्र आइपुगेको जनाइएको छ । यस वर्ष संख्या अझै बढ्ने अस्पतालका स्वास्थ्य सहायक अर्जुन लाबदले बताए । उनले भने, “अघिल्लो वर्ष एक वर्षमा जति बिरामी आएका थिए अहिले आठ महिनामा नै त्यति बिरामी उपचारका लागि यहाँ आइसकेका छन् ।”

केन्द्रमा अस्पतालमा जस्तै सबै उपचार सेवा र चिकित्सक हुनाले उपचारका लागि बिरामी आउने क्रम बढेको उहाँले बताउनुभयो । अस्पतालमा अहिले इन्टर्नसिपका लागि आएका समेत पाँच चिकित्सक कार्यरत छन् । सातामा एक पटक वीर अस्पतालका विशेषज्ञ चिकित्सकले पनि जाँच गर्छन् । केही वर्ष पहिलेसम्म केन्द्रमा आउने बिरामीको जाँच स्वास्थ्य सहायकले गर्थे । उनी भन्छन्, “अहिले चिकित्सकले नै जाँच गर्ने भएकाले स्थानीयवासी र यहाँ अस्थायी रुपमा बसोबास गरेका दुवैखालका बिरामी बढेका छन् ।”

केन्द्रमा सबैभन्दा बढी ग्याष्ट्रिक र रुघाखोकी, ज्वरोजस्ता मौसमी समस्याका बिरामी आउने गरेका छन् । लुभू र आसपासका क्षेत्रमा रहेका साना–ठूला कारखानामा चोट लागेका बिरामी तथा रक्तचाप र नसर्ने रोगका बिरामी पनि उपचारका लागि आउने गर्छन् । केन्द्रमा चौबीसघण्टे सेवा लागू छ । गर्भवती जाँच र सुत्केरी हुनका लागि पनि यहाँ आउँछन् । उनी भन्छन्, “यहाँ धेरैखालका रोगको उपचार हुने हुँदा बिरामीको चाप बढिरहेको छ ।”

केन्द्रमा एक वर्षमा झण्डै ४०० जना गर्भवती जाँचका लागि आउँछन् । अघिल्लो वर्ष एक वर्षमा ३० महिलाले यहाँ नै सन्तानलाई जन्म दिए । गर्भवती जाँचका तुलनामा सुत्केरी हुन आउनेको संख्या बढी छ । उनी भन्छन्, “पहिले यहाँ जाँच गरेर सुत्केरी हुनका लागि अस्पताल जाने महिला धेरै छन् ।”

केन्द्रमा बिरामीको चाप भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि पर्याप्त र समयमा उपलब्ध गराइरहेको लाबदले बताउनुभयो । उनले भने, “एकातिर जिल्लाले सजिलै दिएको छ र यातायातको पनि सहजताले गर्दा बिरामीले यहाँ सजिलै औषधि पाएका छन् ।” सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि निःशुल्क गरेको छ । केन्द्रले कुनै पनि सेवाका लागि बिरामीबाट शुल्क लिने गरेको छैन ।

लुभूबाट छोटो दूरीमा नै निजी अस्पताल पुग्न सकिन्छ । झण्डै आधा घण्टा गाडीमा हिँड्दा धेरै निजी अस्पताल भेटिन्छ । उनी भन्छन्, “यहाँ नभएका सेवा लिन र कोही ठूला अस्पताल नै जान चाहने मानिस मात्रै उता जान्छन् ।” सामान्य उपचारका लागिसमेत निजी अस्पताल पुग्नुपर्ने बाध्यता स्थानीयवासीलाई छैन । ललितपुरमा जिल्ला तहको अस्पताल सञ्चालनमा नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र नै सरकारी कार्यक्रम लागू गर्ने ठूला स्वास्थ्य संस्था बनेका छन् ।

कानूनी विभेदमा कुष्ठरोगी
सामाजिक विभेद भोग्दै आएका कुष्ठरोग प्रभावितहरु कानूनी रुपमा समेत विभेदमा परेका छन् । मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न–गराउन नहुने तथा विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानूनी विभेदमा परेका हुन् ।

अधिवक्ता डा रमेश पराजुली भेदभावविरुद्धको अधिकारको प्रत्याभूति यस्ता व्यवस्थाका कारण हुन नसक्ने बताउनुभयो । कानूनी व्यवस्था अझै पछि धकेलिएको उनले बताए । उनले भने, “पहिले हटिसकेको यो विषय नयाँ पारिवारिक कानूनमा थपिएको छ ।” बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको उनी बताउछन् ।

संविधान बन्ने क्रममा द लेप्रेसी मिसन संस्थाले सभासद्लाई बोलाएर सो विषयमा ध्यानाकर्षण गराएको आनन्ददवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । सभासद्हरु त्यसबारेमा सजग भए पनि बेवास्ता गरेको उनी भन्छन् ।

“एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको छ”, उहाँले भने “औषधिको सेवनपछि रोग नसर्ने हुँदा यो रोगबाट प्रभावितलाई विभेद गर्न हुँदैन ।” न् सरकारले सात वर्ष पहिले रोग निवारणको घोषणा गरे पनि वर्षेनी झण्डै तीन हजार कुष्ठरोगका नयाँ बिरामी देखिएका छन् ।

वि.सं.२०७४ फागुन २७ आइतवार ०६:३७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...