हिजो आज समाज निकै परीवर्तन भइसकेको छ । पहिला जस्तो समाजमा घट्ने घटनाहरू कुनै पनि लुकाएर आजकल राखिदैन र राख्छु भन्ने पनि मुर्खता सिवाय केही हुँदैन् । ढिलो चाँडो बाहिर आइ हाल्छ । सानो होस् वा ठूलो सबै घटना सामाजिक संजालमा भाईरल भइ हाल्छन् ।
समाज मोडेल जमानामा गईरहेको छ । एकातिर मोडेलको नाममा समाजमा विकृति फैलिदै गई रहेको छ भने अर्कोतिर त्यही विकृतिले परिवार र राष्टलाई ठूलो असर पार्दै गइरहेको छ अन्तराष्ट्रिय स्तरमा पनि देशको छवि धुमिल पारेका छन् त्यस्तो केही घटनाले ।
आज विश्व हरेक क्षेत्रमा अघि बढीरहेको भएपनि पनी हाम्रो राष्ट्रका नागरिक अझै अन्ध विश्वासमै अलमलिएको देखिन्छ । अझै पनि हाम्रो समाजमा वोक्सीको नाममा कयौ महीलामाथी कालो मोसो दल्ने ,मलमुत्र खुवाउने, जुत्ताको माला लगाइदिने र यातना दिने जस्ता घृणित कार्यहरु गरिन्छ । हिजो आज यस्ता घटना समाजमा दीनदिनै बढ्दै गएको छ । यस्ता कति घटना मेडियामा आउछन भने कति घटना समाजभित्र लुकाएर राखिएको हुन्छ । यस्ता घटना गर्ने अपराधीलाई राज्यले दिने सजाय निकै फितलो भएकै कारण अझ झन यस्ता घटना बढी रहेको छ ।
अस्ति मात्र बोक्सीको आरोपमा कैलालीको घोडाघोडी ६ मा एक युवतीमाथि कुटपिट र मलमुत्र खुवाएको घटना मीडियामा आई नै रहेको छ । यस्ता कार्य गर्ने अपराधीलाई राज्यले कानुनको कठघरामा उभ्याएर मुत्युदण्ड सम्मको सजाय दिनु अति आवश्यकता छ ।
त्यस्तै समाजमा घटिरहेको अर्को घटना हो बलत्कार । जो हिजो आज दिनदिनै जसो घटिरहेका छन् । त्यसमाथि पनि बालिका बलत्कारको घटनाले त झन सबैको आत्मा रुवाएको छ । बलत्कारका कयौं यस्ता घटना समाजभित्र नै पैसाले मिलाई रहेको पनि थुप्रै सुन्नमा आइरहेको छ ।
हिजो आज बलत्कारका केही घटनाले मेडियामा ठाउ पाउन थालेका छन् भने धेरै घटना ईज्जत जाने डरले पीडितलाई डराएर, धम्क्याएर तथा इज्जतको नाममा समाजमा नै मिलाइने गरेका छन् । त्यस्ता अपराध घटाउनेलाई कानुनका दायरामा ल्याउन नसक्दा पनि यसले व्यापक प्रश्रय पाएको हो की भन्ने लाग्छ । तर यो गतल कार्य हो । यस्ता बलत्कारीहरुलाई अहिलेको अवस्थामा मुत्यु दण्डको सजाय पनि कम हुन्छ भन्ने लाग्छ ।
अस्ति मात्र वाख्रा चराउन गएकी आठ वर्षकी बालिका माथि पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बलत्कारको सिकार भएको घटना अहीले जताततै समाचामा आएका छन् । अबोध ती बालिका माथि त्यस्तो घिन लाग्दो अपराध गर्नेलाई राज्यले समाई हाल्यो भने पनी जन्म कैदसम्मको सजाय दिन्छ, या केही वर्षका लागि जेल चलान गरी दिन्छ । तर, त्यस्ता पशुलाई मुत्युदण्डसम्मको सजाय दिनु एकदम आवश्यक छ । त्यस्ता अपराधीलाई समाजको अगाडी उभ्याएर मुत्युदण्ड दीईनु अति आवश्यक छ । हाम्रो कानुनमा सजाय निकै सानो भयो । अपराध भन्दा सजाय ठूलो भयो भने समाजमा घटना कम घट्छन् । तर, अपराध भन्दा सजाए सानो भयो भने यस्ता घटना दिन दीनै बढी रहन्छन ।
महिलामाथि दुव्र्यवहार गर्ने, बलत्कार गर्ने, बोक्सीको आरोप लगाई मलमुत्र खुवाउने अनि मादकपदार्थ सेवन गरेर हरेक दिन पत्नीलाई कुट्ने यी सब अपराध गर्नेहरूलाई एउटै सजाए मुत्यु दण्ड दिदा पनि फरक पदैन् भन्ने मेरो विचार हो । यदी मुत्युदण्डको कानुन बनाउन सकियो भने यस्ता घटना दिन दिनै समाप्त हुदै जान्छ । नत्र यस्ता घटना हरेक हप्ता बढ्दै जान्छ ।
साउदी, कतार जस्ता देशमा महिलालाई कसैले घुरेर हेर्यो भने आँखा निकाल्दीने जस्तो सजाय दिइन्छ । त्यहाको सजाय निकै ठूलो छ । त्यसैले त्यहाँ यस्ता घटना घटेको पाईदैन । नेपालमा पनि अब यस्ता अपराधीलाई समाजमा उभ्याएर मुत्युदण्डको सजाय दीने व्यवस्था हुनु पर्छ, ता की त्यो सजाय देखेर अर्को व्यक्तिले फेरी उस्तै घटना नदोहोराओस् । नत्र बोक्सीको आरोपमा कुटपिट,बलत्कार,महिला हिंसा दिन दिनै बढी नै रहन्छ ।
जबसम्म समाजमा यस्ता घटना घटाउनेलाई यस्तो डर देखाउन सकिदैन, तबसम्म सम्म यस्ता घटना घटि नै रहन्छन । समाजमा यस्ता घटना घटी सकेपछी ती घटनालाई भित्र भित्रै मिलाउनेलाई पनि राज्यले सजायको भागीदारी बनाउनु पर्छ । तब मात्र यस्ता घटना लुकाउनेको कमी हुन आउछ । बलत्कारी र बोक्सीको आरोपमा मलमुत्र खुवाउने जो कोही होस् उसलाई मुत्युदण्डको सजाय नै दिनुपर्छ । सरकार अब, बलात्कारीलाई ‘मृत्युदण्ड’को सजाय देउ ।
वि.सं.२०७४ फागुन २७ आइतवार ०९:५८ मा प्रकाशित



























