back
CTIZAN AD

दोहोरो अंकले घट्यो शेयर बजार

वि.सं.२०७४ फागुन २७ आइतवार

780 

shares

२७ फागुन, काठमाडौँ । शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

आज सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।

आज कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको हो ।

वि.सं.२०७४ फागुन २७ आइतवार १०:३३ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...