गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरबले संस्थालाइ सक्रिय बनाइँ राख्न साथै नेपाली नेपाली बीच भाइचारा र सद्भाव कायम राख्ने प्रमुख उदेश्यका साथ खुल्ला भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
मार्च ९ का दिन ०९ मार्च २०१८ मा भव्य र सभ्यताका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त प्रतियोगितामा जेद्दा आसपासका क्षेत्र साथै यांबू, रबिग र ताइफ बाट आएका टिम सहित १६ भलिबल टिमको सहभागिता रहेको थियो ।

पूर्व निर्धारित समय भन्दा २ घण्टा ढिलो १२ बजे मध्यान्हबाट नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणीज्यदूत रेवती रमण पौडेलको समुदघाटनबाट सुरु भएको खेल भोलिपल्ट बिहान २ बजे समापन भएको थियो ।
उक्त प्रतियोगितामा क्रमस ः जेद्दा स्वतन्त्र टिम, बुरेमान हादा टिम, अलमराइ बेकरी र रबिग भलिबल टिम सेमी फाइनलमा प्रवेश गरेका थिए जसमा जेद्दा स्वतन्त्र टिमले बुरेमान हादालाइ हराउदै फाइनलमा प्रवेश गर्यो भने अलमराइ बेकरी टिमले रबिग भलिबल टिमलाइ हराउदै फाइनलमा प्रवेश गरेको थियो ।

रोमाञ्चक र प्रतिसप्रधात्मक बन्दै गएको प्रतियोगिता फाइनलमा जेद्दा स्वतन्त्र टिम र अलमराइ बेकरी टिम बीचको खेल झनै रोमान्चक बनेको थियो । अन्तत ? जेद्दा स्वतन्त्र टिमलाइ पछी पार्दै अलमराइ बेकरी टिमले बिजेताको उपाधि चुम्न सफल भयो भने जेद्दा स्वतन्त्र टिम उपबिजेता बन्यो ।

पुरस्कार स्वरूप बिजेता टिम अलमराइ बेकरीले नगद साउदी रियाल १८००, मेडल, कप र प्रमाणपत्र तथा उपबिजेता टिम जेद्दा स्वतन्त्रले नगद साउदी रियल १०००, मेडल, कप र प्रमाणपत्र प्राप्त गरे भने उत्कृष्ट खेलाडी रबिग भलिबल टिमका क्याप्टेन गणेश गुरुङ घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाइ आयोजकको तर्फबाट प्रमाणपत्रको साथै कप र मेडल प्रदान गरिएको थियो ।
उक्त खुल्ला भलिबल प्रतियोगितामा जेद्दा तथा यांबूमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो भने प्रमुख अतिथि नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदूत रेवती रमण पौडेल रहेका थिए ।
प्रतियोगिता स्पनिश स्कुल तथा फुटबल ग्राउण्डमा भएको थियो ।
वि.सं.२०७४ फागुन २७ आइतवार ११:१६ मा प्रकाशित






























