back
CTIZAN AD

जर्मनीमा नेपाली भाषा कक्षा, विदेशी पनि पढ्न आउछन

वि.सं.२०७४ फागुन २७ आइतवार

1K 

shares

जर्मनीमा रहेका नेपाली बालबालिका तथा नेपालीसँग विहे गरेका जर्मन महिलाका लागि नेपाली भाषा कक्षा सञ्चालन गरिएको छ ।

जर्मनीको डर्टमन्डमा शहरमा २०१७ मार्चदेखि संचालन भएको उक्त निःशुल्क नेपाली भाषा कक्षामा धेरैले सेवा लिएर लाभान्वित भएको कक्षा सञ्चालक एनआरएनए अभियन्ता रण बहादुर साउद बताउँछन् । यसको शिक्षिका सुश्री शुष्मा नेपाल रहेकी छन् ।

क्लास रुम निःशुल्क पाइएकोले निःशुल्क रुपमा सेवा दिईएको साउदले बताए । साउदका अनुसार हप्ताको आइतबार सञ्चालन हुने उक्त भाषा कक्षामा एकपटकमा १५ जनाले भाषा सिक्ने गरेका छन् ।

साउदका अनुसार यसरी नै जर्मनीको विभिन्न क्षेत्रमा नेपाली भाषा कक्षा सञ्चालन गरिने योजना रहेको छ । आफ्नो एकल प्रयासमा नै क्लास सञ्चालन गरिएको उनले बताए ।

उक्त भाषा कक्षाको उद्धेश्य नेपाली भाषालाई विदेशमा चिनाउनुका साथै त्यहाँ जन्मिएका तथा नेपालमै जन्मिएर बच्चामै जर्मनी आएका नेपाली बालबालिकालाई नेपाली भाषा, (आफ्नो मातृभाषा) संस्कृति र संस्कार सिकाउने रहेको पनि शिक्षिका शुष्मा नेपालले बताईन् ।

भाषा कक्षामा विशेषत नेपाली नागरिकसँग विहे गरेका तथा भाषा सिक्न चाहने जर्मन नागरिकलाई पनि सिकाइन्छ । उनीहरुले नेपाल घुम्न जाँदा नेपाली भाषा र नेपालका बारेमा जान्न सकिने भनेर भाषा सिकीरहेको पनि साउद बताउछन् ।

भाषा कक्षामा पढाउने मात्र नभएर खेलाउने, पार्क भ्रमण लैजाने लगायतका विभिन्न गतिबिधिहरु गर्ने गरिएको शिक्षिका शुष्मा नेपालले बताइन् ।

वि.सं.२०७४ फागुन २७ आइतवार ११:२३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...