back
CTIZAN AD

ऋण गरेर छरेको मकैमा घोगा नलागेपछि पीडामा किसान

वि.सं.२०७४ चैत ७ बुधवार

804 

shares

makai1

७ चैत, कलैया । हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।

बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ ।

मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए । यस वर्ष किसानले कूल हिउँदे मकै चार हजार ६३५ हेक्टरमा हाईब्रिड जातका पाइनियर ३५२२, ३७८५ र बिस्को ९४० जातका मकै लगाएका छन् ।

बाराको सिमरा, डुमरवाना, फत्तेपुर, इनर्वाशिरा, निजगढ, रतनपुरी, कोल्हवी, सपही, नरही, सिम्रौनगढ, वरियापुर र सुखि पथरामा करिब तीन हजार ५२० हेक्टरमा लगाइएको मकैको घोगामा दाना नलागेका साहले बताए । गतवर्ष कृषकले चार हजार ६५३ हेक्टरमा खेती गरी प्रति हेक्टर ७ दशमल ८० मेट्रिक टनका दरले ३६ हजार १५३ मेट्रिक टन हिउँदे मकै उत्पादन गरेका थिए ।

वि.सं.२०७४ चैत ७ बुधवार १७:१५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...