back
CTIZAN AD

प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् अयोजना सहमत

वि.सं.२०७४ चैत ८ बिहीवार

825 

shares

सल्लेरी, सोलुखुम्बु । तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति भएको छ ।

सोलुखुम्बुको सोलुदूधुकण्ड नगरपालिका–११ मा निमार्णाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु खोला जलविद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीबीच आज भएको छलफलपछि यस्तो लिखित सहमति भएको हो ।

जलविद्युत् आयोजनाको काम गर्ने क्रममा खेतीयोग्य जमिनमा क्षति पुगेको तथा विभिन्न रासायनिक पदार्थको प्रयोगबाट माटोको उर्वरा शक्तिमा हस आएको दाबी गर्दै स्थानीयवासीले क्षतिपूर्ति मागदाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत सहयोग माग गरेपछि बुधबार हाइड्रोपावरका प्रतिनिधि, स्थानीयवासी प्रभावित र जनप्रतिनिधिबीचको छलफलपछि क्षतिपूर्ति दिने सहमति भएको नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।

क्षतिको मूल्याकंन तथा माटोको परीक्षण गरी प्रभावित यकिन गर्न सोलुदूधकुण्ड नगरपालिकाले प्राविधिक खटाउने भएको छ । नगरपालिकाबाट प्राविधिक खटाएर २० दिनभित्र क्षतिको मूल्याकन गरी प्रभावितलाई क्षतिपूर्ति दिइनेछ ।

स्थानीयवासी सावित्री बस्नेतले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका नागरिकको माग सुनुवाइ नगरेको गुनासो गरे । विकासको काम हुनु सुखद पक्ष भए पनि यसबाट जनताको दैनिक जीवनमा परेको असरप्रति आयोजना संवेदनशील नभएको उहाँले आरोप लगाए ।

तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेलले स्थानीयवासीको जायज मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै स्थानीयवासीको माग पूरा हुने बताए ।

छलफलमा नगरपालिकाका प्रमुख नाम्गे शेर्पा, उपप्रमुख कल्पना राई, तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेल र प्रभावित ३० घरधुरीबाट सहभागी भएका थिए ।

वि.सं.२०७४ चैत ८ बिहीवार १३:५७ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...