back
CTIZAN AD

रामनवमीमा सांस्कृतिक महोत्सव

वि.सं.२०७४ चैत १० शनिवार

1.3K 

shares

१० चैत, इलाम । ‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउ’ भन्ने नाराका साथ रामनवमीका असवरमा इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा आजदेखि दुईदिने सांस्कृतिक महोत्सव शुरू भएको छ ।

जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढाप पोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि उनले बताए ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडीबुटीहरू, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शनी तथा अवलोकन प्रमुख आकर्षण रहने बताइएको छ ।

महोत्सवमा ढाप पोखरीमा ढुंगा सयर गर्नका साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाइने अध्यक्ष भट्टराईले बताए ।

वि.सं.२०७४ चैत १० शनिवार १३:०७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...