back
CTIZAN AD

विष्फोटको जिम्मा मोर्चाले लियो

वि.सं.२०७४ चैत १० शनिवार

750 

shares

 

१० चैत, लहान । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।

उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए ।

तीन÷चार महिनादेखि पटक पटक उद्योगी तथा व्यापारी केन्द्रित विष्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको अध्यक्ष महतोको भनाइ छ ।

“तीन चार महिनामा पटकपटक गरी चार पाँचवटा आक्रमण भए, तर सुरक्षा निकायले यसलाई गम्भीररुपमा नलिएकाले बाध्य भएर बजार पसल बन्द गरेर विरोध जनाएको अध्यक्ष महतोले बताए ।

व्यवसायीको सुरक्षाका लागि प्रशासनले ठोस कदम नचाले अझ सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने अध्यक्ष महतोले बताए ।

लहानबजारस्थित विकास ट्रेडर्समा शुक्रबार कुकर बम विष्फोट हुँदा सात वर्षीय बालकसहित आठजना घाइते भएका थिए ।

विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकाले चेतावनीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उल्लेख गरेका छन् ।

वि.सं.२०७४ चैत १० शनिवार १९:१५ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...