
२२ मार्च – २५६२ औ बुद्ध जयन्ति संसारको सबै भन्दा सुन्दर शहर पेरिसमा धुमधामका साथ मनाउने तयारी भएको छ। यहि आउँदो ०६ मे २०१८ आइतबारका दिन पेरिस Eiffel Tower को आगनी (Trocadero) मा बुद्ध जयन्ति मनाउने कार्यक्रम राखिएको छ।
बुद्ध नेपालमै जन्मिएका हुन भन्ने, बुद्धलाई संसार भर चिनाउने र उनका शान्ति सन्देश छर्नका निम्ती नै संसारको सबै भन्दा बडी पर्यटक आउने ठाउँमा आयोजना गर्न लागिएको हो । कार्यक्रममा शान्तिका विभिन्न सन्देशहरु, भगवान बुद्ध दर्शनका महावाणीहरु, बुद्ध भगवान नेपालमा जन्मेका थिए जस्ता सन्देश सन्देश प्रवाह गर्दै जयन्ती मनाउन लागिएको एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले जानकारी दिए । भगवान बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न बुद्ध नेपालमा जन्मेका थिए जस्ता प्लेकार्डहरु प्रदर्शन गरेर तथा शान्ति पदयात्रामा सहभागी भएर कार्यक्रम सफल पारिदिन आयोजकको आग्रह छ ।
नेपाली दुताबास पेरिस र सबै नेपाली संघसंस्थाहरु मिली यो कार्यक्रम गर्ने निर्णय भएको हो। सोही दिन १४. ३० बजे सम्पूर्ण फ्रान्सबासी नेपालीहरु उपस्थित भैदिनु हुन अनुरोध गर्दै एनआरएनए मल्लले फेसबुकमा एक सुचना प्रकासित गरेका छन्।
वि.सं.२०७४ चैत १० शनिवार १८:५७ मा प्रकाशित






























