
पीडित धर्मनाथ पासवानको केशको अध्ययन प्रतिवेदन
२२ मार्च २०१८
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, साउदी अरब
बिषयः पीडित धर्मनाथ पासवानको केशको अध्ययन प्रतिवेदन
उपरोक्त सम्बन्धमा एनसिसी साउदी अरबको गतः २३ फेब्रुअरी २०१८ मा सम्पन्न बैठकले मलार्इ ३० दिन भित्र केशको बिस्तृत अध्ययन, चिरफार र बिश्लेषण गरी समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न गरेको सर्वसम्मत निर्णय मुताविक मैले निजको केश र सम्बन्धित सबै पहलुहरूको अध्ययन गरी २७ औं दिनमा (३ दिन अगावै) यस प्रकारको प्रतिवेदन पेश गर्दैछु ।
पृष्ठभूमि
१) साउदी शहर अलहासाको सल्मानियामा गम्भीर सडक दुर्घटनामा परी साउदी प्रहरीद्वारा नै अलहासा स्थित किंग फाहद हस्पिटलमा २७ फेब्रुअरी २०१७ बिहान ३।१५ बजे भर्ना गरिएका धर्मनाथ पासवानबारे एनसिसी साउदीका अध्यक्षलार्इ जानकारी मिले पछि संस्थाका तर्फबाट अध्यक्ष स्वयमले नै निजको उद्धार तथा रेखदेख थाल्नुभयो, यद्यपी पीडितका तर्फबाट संस्थामा कुनै पनि लिखित निवेदन या अध्यक्षबाटै लिखित रिपोर्ट या पत्राचार भएको पाइन्न १
२) नेपाली दूतावास रियादसंगको सहमति, समन्वय, सहयोग र सहकार्य हुने समझदारीमा धर्मनाथलार्इ स्वदेश फिर्ता गर्न गतः २४ जुन २०१७को दिनको एअर अरेबियाको टिकट काटियो एनसिसी साउदीको आपतकालिक उद्धार कोषबाट सारि २,४५० खर्चेर तर त्यो दिन हस्पिटलले धर्मनाथलार्इ डिश्चार्ज नगरेपछि धर्मनाथलार्इ एअरपोर्ट पुराउन सकिएन र सामान्य दर भन्दा ३-४ गुना बढी मूल्यमा किनिएको टिकट शून्य रिफण्ड सहित त्यसै खेर गयो १ एनसिसीले पछि उक्त खर्चलार्इ अनुमोदन गरेपनि खर्चिनु अघि कोषको निर्देशिका बमोजिम यथेस्ट छलफल तथा निर्णय भएको देखिदैन जसलार्इ लेखा परिक्षण समितिले समेत नोट र कमेन्ट गरेको छ ।
३) त्यस पछिका ८ महिनामा धर्मनाथको उद्धारार्थ फेरी कुनै संस्थागत छलफल या कुनै पहल भएको पाइन्न ! (प्राइभेटली केही पदाधिकारीका बिच केही सम्वाद भएका हुनसक्छन, ती केही इमेल सम्वादहरूमा एनसिसी साउदीको ग्रुप र म लुपमा नरहेकाले ती सबै सम्वादबारे जानकारी भएन) ।
४) ११ फेब्रुअरी २०१८ मा सम्पन्न आइसिसीको ६१औं बैठकमा युएर्इका टोप बहादुर बि।क। र साउदी अरबका प्रेम रार्इ, उपेन्द्र कार्की र धर्मनाथ पासवान सबै ४ जनाका लागि उनीहरूको उद्धारमा लाग्ने कूल खर्चको १०५ राशी डोल्मा बचाउ कोषको बचत राशी प्रयोग गर्नेगरी सघाउने निर्णय भयो ।
५) आइसिसीले धर्मनाथका बारेमा थप बिवरण (प्रतिवेदन) मागेपछि १३ फेब्रुअरी २०१८मा एनसिसी साउदीले औपचारिक पत्र मार्फत यस्तो जानकारी गराएको छ, जुन स्वयममा गलत, अपुर्ण र भ्रामक (अन्दाज गरिएका) तथा मनगढन्त छनः
सम्प्रेषित जानकारी र बिवरण
साउदी प्रबेश मिति – २३ मार्च २०१४ उल्लेखित
सरकारी रेकर्डमा ११ मर्इ २०१४ मा साउदी प्रबेश
रोजगारदाता कम्पनी नखुलार्इएको
रोजगारदाताः Abdullah Saeed Al Ghamdi Est. रहेको
उपचार खर्चः सारि ६०,००० उल्लेखित
हस्पिटलले सारि १,८५,०८५ को बिल दिएको
इकामा नै नबनाइएको उल्लेखित
२ पटक इकामा जारी भएको, तर म्याद गुज्रिएको
उद्धारका अन्य बिकल्प नरहेको उल्लेखित
अनेकन बिकल्पहरू रहेको, सबै बिकल्पमा जानुपर्ने
६) एनसिसी साउदीको २३ फेब्रुअरी २०१८ को बैठकमा अध्यक्षबाटै आपतकालिन उद्धार कोषको बचत राशी धर्मनाथको हस्पिटलको बिल तिर्न प्रयोग गर्ने प्रस्ताव (पहिलो) – बहुमतबाट अस्वीकृत, त्यसपछि एनसिसी सदस्य रोशन श्रेष्ठको संयोजकत्वमा चन्दा संकलन समिति गठन गर्ने प्रस्ताव (दोस्रो), यसै बिच आइसिसी सदस्य जोन अर्यालले धर्मनाथको उद्धारमा चाहिने सबै खर्च जुटाउन आंफू तयार, आरसी आरके शर्माले समेत ब्यक्तिगत सहयोग समेत गर्ने आश्वासन दिनुभएको बैठकमा उल्लेख भएपछि धर्मनाथका बारेमा जुनसुकै निर्णय गर्नुअघि केशको थप अध्ययन गर्न आवश्यक भएको र सो अध्ययण, सम्भाब्य पहल गर्न र प्रतिवेदन तयार पार्न आंफू इच्छुक रहेको बताए पछि मलार्इ ३० दिने समय सिमा सहितको जिम्मेवारी बैठकको सर्बसम्मतिमा पारित ।
अध्ययनमा प्राप्त सत्य तथ्यहरूः
क) पारिवारिक अवस्थाः घर जग्गा केही नभएका ४ छोरीहरू र १ छोराका बाबु सुकुम्बासी गरीब धर्मनाथका बुवा पहिला रिक्शा चालक, हाल ६५ बर्षिय बृद्ध भएपछि अशक्त बनी घरैमा थलिएका, आमा र श्रीमतिले अरूको घरमा काम गरी धर्मनाथका बृद्ध बुवा र नाबालक छोरा छोरीहरूको कठिनतापुर्बक लालन पालन गरिरहेको अवस्था, बिगत १४ महिनादेखि धर्मनाथ साउदीको अस्पतालमा थलिर्इ आर्जनरहित बने उपरान्त आश्रित परिवारजनमा थप आर्थिक संकट छाएको, गतः २४ जुन २०१७ मा धर्मनाथ स्वदेश फर्किने आशामा उनलार्इ लिन धनुषाबाट काठमाडौ जांदा आउंदा भएको खर्चका कारण साहुको ऋण रू १०,००० थपिएको, तिर्न नसकेको । जेठी छोरीको बिहे हुन लागेको, शुभचिन्तक दयालु मनहरूको सदभाव र सहयोगमा निर्भर !
ख) म्यानापावर एजेन्टको ठगी, बेइमानी र बेवास्थाः धर्मनाथ आंफुलार्इ पठाउने साउण्डलाइन्स एजेन्सीको अफिस कहां छ भन्ने हेक्का राख्छन तर म्यानपावर कम्पनीका सञ्चालक कसैलार्इ चिन्दैनन, चिन्छन त गाउंमै आउने गरेका एजेन्ट चण्डेश्वर मण्डललार्इ मात्रै, यिनै चण्डेश्वरले धर्मनाथसंग रू ९०,००० असुले बिना रसिद भर्पार्इ । ८ घण्टा ड्युटी गरेर १,३०० रियाल तलब पाइने बताए, यता आएपछि भने दैनिक १२ घण्टा काम गरेर पनि महिनाको १,००० रियाल भन्दा बढी हात पार्न पाएनन १ आउने बित्तिकै पासपोर्ट खोसिएका धर्मनाथले ८ महिना सम्म इकामा (यहांको आवासिय अनुमति पत्र) कस्तो हुन्छ ? देख्न पाएनन १ धर्मनाथले यसरी रोजगारका शर्त, समझदारी र सुविधाहरू फरक परेपछि चण्डेश्वर मण्डललार्इ पटक पटक फोन सम्पर्क गरे, शुरूमा “हुन्छ म मिलाउंछु” भने पनि पछि त चण्डेश्वरले धर्मनाथको फोनै उठाउन छोडे । आएको नवौं महिनामा धर्मनाथ चिन्तित र निराश बन्दै उक्त कम्पनी छोडेर भागे ।
ग) भागेर कहांरु जुबैलको आफ्नो रोजगारदाता (अब्दुल्ला सर्इद अल गाम्दी इस्ट) छोडेर धर्मनाथ अलहासा सल्मानियाको एक अटो वर्कशपमा काम गर्न आए, वास्तवमा यो वर्कशप उनको रोजगारदाता कम्पनीले नै बेचेको थियो र वर्कशपका मालिक (साउदी)संग पुरानै चिनजान, बिश्वास र आश्वासन (प्रलोभन) मा परेर धर्मनाथले नयां काम थाले, यद्यपी शुरूमा मासिक २,००० रियाल भनेता पनि १,५०० मात्रै पाए पछि भागे पछिको यो नयां र दोस्रो रोजगारदाताबाट पनि ठगिए धर्मनाथ, ड्युटी भने दैनिक १२ घण्टाकै थियो । नयां रोजगारदाताका आफ्नै दाजु अलहासाको पुलिस अफिसमा अफिसर रहेकाले यिनको अर्को इकामा ९भर्सन द्द० निस्कियो पुरानै रोजगारदाता अलगाम्दीकै नाममा ९रु१० जुन पछि नविकरण भने हुनसकेन । तलब पहिला भन्दा केही राम्रै रहेकाले र “म छु नि, परेको ब्यहोरौंला” भन्ने कोही रहेकाले यिनले आफ्नै कानूनी स्टाटस, इकामा रिन्यु भए नभएकोमा खासै पर्बाह गरेनन, यस बिचमा मिलेका आममाफी र सो को सदुपयोग गर्नतिर पनि यिनको ध्यान गएन १
घ) भयानक दुर्घटना(मृत्युको मुखमा धर्मनाथ) : २६ फेब्रुअरी २०१७ को राती सडक पार गर्दै गर्दा अलहासाको सल्मानियामै गाडीको ठक्करले ढलेर बेहोस बने धर्मनाथ, टाउकोमै गम्भीर चोट लाग्यो, ढाड, हात खुट्टा भांच्चिए, ठक्कर दिने गाडी भाग्यो, कसैले चिन्नै पत्ता लगाउनै सकेनन को थियो त्यो अनि गाडी, धर्मनाथ तत्काल एक्लै र स्वयम बेहोस बनेपछि जानकारी पाउन, लिन पनि निकै गाह्रो । सौभाग्यले पुलिस आइपुगे अलि पछि र पुलिसले नै अलहासाकै सरकारी अस्पताल (किंग फाहद हस्पिटल)मा भर्ना गरिदिए । अबैध (अनडकुमेन्टेड) कसैलार्इ पनि प्राइभेट हस्पिटलहरूले उपचार गर्दैनन पनि, धर्मनाथको बिमा पनि थिएन ।
ङ) केही मिति, महत्व, अर्थ र उब्जिने प्रश्नहरूः
११ मर्इ २०१४ : धर्मनाथले साउदी प्रबेश गरेको दिन, धर्मनाथको इकामा बन्यो तर उनलार्इ दिइएन !
१ फेब्रुअरी २०१५ : धर्मनाथले कम्पनी छोडेको अर्थात भागेको मिति, भागेको ६ महिनासम्म कम्पनीले कुनै खोज खबर गरेन, परन्तु धर्मनाथको इकामा रिन्यु भएको देखिन्छ अर्थात कम्पनीमै नरहेका बेला, भागेर बेपत्ता भएका बेला उनको इकामा नबिकरण हुन्छ (कसरी )?
१९ जुलार्इ २०१५ : धर्मनाथको इकामा रिन्यु भएको मिति
१८ अगस्त २०१५ : धर्मनाथलार्इ हुरूब लगाएको (अर्थात “भागेको” भनि रोजगारदाताले अफिसियल्ली दर्ता गराएको) मिति, यसरी धर्मनाथ भागेको ७ महिना पछि र इकामा रिन्यु भएको सिर्फ १ महिनामै उनलार्इ “भाग्यो” भनि दर्ता गरिएको देखिन्छ १
८ जुलार्इ २०१६ : धर्मनाथको इकामाको म्याद सकिएको मिति अर्थात उनी अबैध बनेको दिन
२६ फेब्रुअरी २०१७ : धर्मनाथ दुर्घटनामा परेको दिन (मध्य रातमा)
२७ फेब्रुअरी २०१७ : धर्मनाथलार्इ किंग फाहद हस्पिटलमा भर्ना गरिएको दिन (बिहान ३.१५ बजे)
२४ जुन २०१७स् धर्मनाथलार्इ स्वदेश फर्काउन भनि एनअरएनए साउदीले टिकट काटेको उडान दिन
११ फेब्रुअरी २०१८ : एनआरएनए आइसिसीले धर्मनाथ सहित साउदीका ३ जना र युएर्इका १ जनालार्इ उद्धार गर्न लाग्ने कूल खर्चको १०५ डोल्मा कोषबाट सहयोग गर्ने निर्णय गरेको दिन
१३ फेब्रुअरी २०१८स् एनसिसी साउदीले आइसिसीलार्इ अफिसियल्ली लिखित रूपमा धर्मनाथ बारेको रिपोर्ट दिएको मिती
२३ फेब्रुअरी २०१८: धर्मनाथबारे अध्ययन गर्न धरम केसीलार्इ ३० दिने समय सिमा सहितको जिम्मेवारी
२१ मार्च २०१८: किंग फाहद हस्पिटलले धर्मनाथको उपचार खर्च भन्दै सारि। १,८५,०८५ को अफिसियल्ली बिल दिएको, धरम केसीले मिनाहा गर्न मिल्ने भए मिनाहा गरिदिन गरेको आग्रहमा अस्पताल स्तरबाटै त्यसो गर्न नमिल्ने तर माथिल्लो सरकारी आदेश र र या अनुमतिमा मिनाहा हुनसक्ने, अस्पताल स्तरबाट कूल १४ महिना भएकोमा १ बर्ष (१२ महिना, ३६५ दिन)को मात्र चार्ज गरी २ महिनाको उपचार खर्च छुट (मिनाहा) गर्नसक्ने भन्दै ३६५ दिनको मात्रै चार्ज लिएको
२२ मार्च २०१८ : नेपालको बैदेशिक रोजगार बिभागमा धर्मनाथको न्याय, उद्धार र क्षतिपूर्ति सुविधा माग्दै पठाउने म्यानपावर एजेन्सी बिरूद्ध र साउदीको लेबर कोर्ट (अफिस) मा धर्मनाथको अधिकार, उद्धार र सुविधाको माग गर्दै रोजगारदाता कम्पनी बिरूद्ध उजुरी (निवेदन) पेश ।
धर्मनाथको उद्धारका सम्भावित बाटाहरू (प्राथमिकता क्रमानुसार)
१) धर्मनाथको बर्तमान अवस्थाका मूल कारक म्यानपावर एजेन्ट हुन । यदि उनले भने बमोजिम नै धर्मनाथको रोजगारदाता कम्पनीले काम, ड्युटी तथा तलब सुबिधा दिन्थ्यो, इकामा दिन्थ्यो भने धर्मनाथ उक्त रोजगारदाता छोडेर भाग्दैनथिए । साउदीकै कानूनमा समेत यदि कामदार भाग्नुका पछाडी मनाशिब कारणहरू छन भने त्यो अवस्थामा मालिकले लगाएको हुरूब फिर्ता हुन, फिर्ता गराउन सकिने प्रावधानहरू राखेको छ, त्यसका लागि कामदार स्वयमले कारण सहित लेबर अफिसमा हुरूब फिर्ता गराउन अपिल गर्नुपर्दछ । करारका शर्त सुविधाहरू फरक पर्न गएमा पठाउने म्यानपावर एजेन्सी दोशी हुने र कामदारलार्इ रू १ लाख क्षतिपूर्ति दिनुपर्ने भनी बैदेशिक रोजगार ऐन २०६४ को दफा ५५ मा स्पस्ट उल्लेखित छ । धर्मनाथले प्रथमतः यो क्षतिपूर्ति पाउनै पर्दछ । साथै रोजगारदाताले लगाएको अबैध र बदनियतपुर्ण हुरूब फिर्ता गराउन समेत पठाउने म्यानपावर एजेन्सीले भूमिका र जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ ।
२) बैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ ९२० बमोजिम कार्यरत मुलुकमा युद्ध, महामारी या प्राकृतिक बिपत्तीको अवस्थामा मात्रै नेपाल सरकारको कुटनैतिक नियोग मार्फत कामदार स्वदेश फर्किनु फर्काउनुपर्ने हुन्छ, यी ३ बाहेकका अरू कुनै पनि अवस्थामा आंफूले पठाएको कामदारलार्इ उद्धार गरी स्वदेश फर्काउने जिम्मेवारी पठाउने म्यानपावर एजेन्सीकै हुनआउंछ भनी सोही दफा ७५ कै उपदफा १ मा सुस्पस्ट लेखेकै छ, म्यानपावर एजेन्सीलार्इ यो कानूनी जिम्मेवारी पालना गर्न लगाउने अधिकार, अन्यथा हदैसम्मको कार्बाही गर्ने अधिकार बैदेशिक रोजगार बिभागमा रहेको छ भने यस्तो अनुरोध र पहल नियोगले समेत गर्नसक्दछ, गर्नुपर्दछ ।
३) धर्मनाथ पासवानको साउदीमा गुमेको, खोसिएको हक, अधिकार ९स्वास्थ्योपचारको अधिकार, बिमा सुविधा, रोजगारको बैधता, न्याय र मानवाधिकार, श्रमिकाधिकार० जस्ता धेरै बिषयहरूमा उनका तर्फबाट यहांका सरकारी कानूनी निकायहरूमा कानूनी बहस पैरबीको खांचो देखिएको छ । नियोगहरूबाट कानूनी सेवा समेत उपलब्ध गराउन वकिल या कानून अधिकृतहरू खटाउन एनआरएनएले बारम्बार गर्दै आएको मागलार्इ सम्बोधन गर्दै यस अघि नै नेपाल सरकारले बैदेशिक रोजगार प्रबर्द्धन बोर्ड मार्फत यस्तो सेवा उपलब्ध गराउन वकिलहरूको खर्च ब्यहोर्ने भनी निर्णय गरिसकेको छ । एकातिर बोर्डले ४ अर्ब रूपैया च्यापेर थन्काएर राख्यो, कामदारको हितमा उपयोगै गरेन भन्ने आरोप लगाउंदै बोर्डले अन्धाधुन्ध पैसा छर्नुपर्छ भन्ने आग्रह चाहना पोखिने गरेका छन भने अर्कोतिर बोर्ड मार्फत दिने भनिएको सेवा सुविधा समेत लिन, माग्न र पाउन नसकिरहेको अवस्थामा धर्मनाथ जस्ताहरूका पक्षमा कानूनी बहस पैरबी किन नगर्ने ? भन्ने सवाल उठ्न जरूरी छ । अधिकार खोज्दा, माग्दा, त्यस्तो कानूनी पहल गर्दा हाम्रो स्वाभिमान गिर्दैन, हामी लज्जित बन्दैनौं, कुटनैतिक सम्बन्धमा पनि आंच आउंदैन, परन्तु अन्याय, ठगि, थिचोमिचो र ज्यादतिको अन्त भर्इ बिदेशमा र स्वदेशमा पनि न्याय र सुशासन कायम गर्न मदत पुग्ने हुंदा यस्तो पहलमा जोड दिनु जरूरी छ ।
४) लेबर अफिसका प्रमुखले नै धर्मनाथको केश अध्ययन पश्चात यो केशमा हुरूब (भगौडा दर्ता) खारेज हुनुपर्ने र हुनसक्ने संकेत गरेका छन (मसंग), यसका लागि पनि दूतावास गम्भिर रूपमा लाग्नुपर्ने देखिएको छ । हुरूब फिर्ता हुने बित्तिकै धर्मनाथको सबै जिम्मेवारी यहांको रोजगारदाता कम्पनिको हुनजाने हुंदा समस्याको समाधान पनि रोजगारदाता कम्पनीबाटै निस्किने छ । धर्मनाथको शुरूको रोजगारदाता कम्पनी “हाइ ग्रिन” अर्थात अत्यन्तै राम्रो स्टाटसमा चलिरहेको अवस्थामा भएकाले पनि धर्मनाथ एक जना कामदारको दायित्व ब्यहोर्न उक्त कम्पनीलार्इ त्यति गाह्रो हुने अवस्था देखिन्न ।
५) कानूनी नजरमा कुनै जिम्मेवारीमा नदेखिने धर्मनाथको दोस्रो रोजगारदाता अलहासा सल्मानियाको वर्कशप मालिकले पनि धर्मनाथलार्इ सबर (धैर्य) गर्न र आंफूले नै केही समय पछि उद्धार गरेर नेपाल फर्काउने बचन (आश्वासन) दिएका छन । धर्मनाथ स्वयम यी मालिक (साउदी)संगको सम्पर्कमा रहेका छन । सम्भवतः आफ्ना दाजु पुलिस अफिसरलार्इ नै प्रयोग गर्दै उपचार खर्च मिनाहा गरार्इ स्वदेश फिर्तिको मार्ग प्रसस्त गर्न उनको योजना र भूमिका हुनपनि सक्छ । अबका दिनमा यो सम्भावनालार्इ पनि अलि नजिकबाट हेर्नु, खोज्नुपर्दछ, कानूनी दायित्व नभए पनि नैतिक, सामाजिक र ब्यवसायिक दायित्व यी अलेखबद्ध रोजगारदाताको हुनआउंछ किनकि दुर्घटना हुंदा धर्मनाथ स्वयम यिनकै वर्कशपका कामदार रहिरहेका थिए ।
६) नियोगले साउदी सरकारको उच्च तहमा कुटनैतिक पहल गरी उपचार खर्च मिनाहाको आग्रह गर्ने । यो पहलमा सम कक्षिय स्वाभिमानी कुटनीति नभर्इ कृपा, दया, निगाहा मागिने एक प्रकारको “समर्पणवाद” या “भिखारीपन” देखिने हुंदा राष्ट्रिय इज्जत र स्वाभिमानका दृष्टीमा त्यती उपयुक्त बिकल्प हैन, तर नेपाली नियोग रियाद धर्मनाथ लगायत अरू पनि केही यस्तै केशहरूको सूची सहित त्यही माग गर्दै पुर्बी प्रान्तिय गभर्नरसंग एक चरणको भेटवार्ता गरिसकेको छ । उच्चस्तरिय भेटवार्ता बारम्बार ब्यवहारतः हुन कठिन र निर्णय हुन पनि अधिक समय लाग्ने हुंदा यो यस्तो बिकल्पलार्इ “अन्तिम” बिकल्पका रूपमा हेरिनु, लिइनुपर्ने हो तर बिडम्बना हाम्रो नियोग माथिका प्रथम ५ बिकल्पहरूमा कुनै कामै नगरी एकैचोटी अन्तिम बिकल्पमा गएको देखिन्छ १
७) धर्मनाथलार्इ हस्पिटलबाटै भगाउने । यो अर्को अन्तिम, अबैध र लज्जास्पद बाटो हो जो माथिका कुनै पनि बिकल्पले काम नगर्दा र अरू बिकल्पहरू पनि नमिल्दा अपनाइने बाद्यात्मक बिकल्प हो ।
अतः धर्मनाथका हकमा र अरूहरूका लागि पनि उत्तम नजिर स्थापना गर्न पनि माथि उल्लेखित क्रमशः प्रथम ५ वटा बिकल्पहरूमा हामी सबैले एकिकृत ढंगमा सहकार्य गर्न आवश्यक छ ।
एनआरएनए आइसिसीले एउटी चेलीले आत्मरक्षा Self Defense)का लागि चालेको कदमबाट उत्पन्न जेल सजायबाट मुक्त पार्न संसारभरिबाट ती चेली (डोल्मा शेर्पा)का नाममा ओइरिएको सहयोग राशीलार्इ अहिलेको कार्य समितिले जो जसलार्इ जसरी बांड्दैछ, त्यो हेर्दा हामीसंग कुनै सुस्पस्ट नीति, नैतिकता, दूरदर्शिता र जबाफदेहिता नै छैन, भन्ने लाग्दछ । जब हाम्रो आफ्नै भिजन, सैद्धान्तिक धरातल, स्पस्ट नीति र दूरदर्शिता हुंदैन, तब हामी सतहमा, हावाका वेगसंग बतासिंन्छौं । बिदेशका जेल तथा अस्पतालहरूमा रहने नेपाली यी २(४ जना मात्रै हैनन, छैनन, त्यो संख्या सैयौं हजारमा पनि हुनसक्दछ, ती सबका लागि हाम्रो जबाफ के हुनेरु हामी एकातिर Law of the Land को सम्मान गर्नुपर्छ भन्छौं, हाम्रै नियोगहरूमा पनि कानूनी सुशासन र अभ्यासका लागि वकिलहरू खटाउन माग गरिरहेका छौं तर अर्कोतिर अर्बौं राशी रहेको नेपाल सरकारको निकायले समेत नगर्ने काम “हामी गर्छौं” भनि अघि बढिरहेका छौं, आखिर कहिलेसम्म, कतिका लागिरुरु अझ पछिल्लो १०५ को निर्णय अनौठो छ, धर्मनाथकै केशमा जसले उपचार खर्च तिर्छ, ब्यहोर्छ या मिनाहा गर्छ, त्यो निकाय (पक्ष)ले ९०५ हामी तिर्छौं, १०५ तिमि तिर, भन्दैन न. । हरेक समस्याको निकास (समाधान) पैसा नै हो, पैसा बाहेक अरू केही हुनै सक्दैन, भन्ने खालको सोंच र पैसा बांडेर सस्तो लोकप्रियता लिनखोज्ने दाउ हो भने त्यो यथार्थमा निन्दनिय हुनेछ । कमसेकम पैसाले कुनै पनि कानूनी अभ्यास, कानूनी उपचार, अधिकार र सुविधामा अवरोध पुग्नुहुन्न, कानूनी, प्रशासनिक तथा कुटनैतिक पहलहरू पैसाकै कारण ओझेलमा पर्नुहुन्न, न्याय र सुशासन प्रतिको चाहना र आस्थालार्इ मूर्तरूप दिने कोशिसहरू नै हामी सबैको पहिलो प्राथमिकतामा पर्नुपर्दछ । यसर्थ धर्मनाथका लागि गरिएको १०५ सहयोगको निर्णयमा संशोधन गर्दै धर्मनाथका नाबालक छोरा छोरीहरूको शिक्षाका लागि सदुपयोग गरियोस भन्ने माग तथा सिफारिस गर्दछु ।
यो रिपोर्ट संगै निम्न कागजातहरू संलग्न राखेको छुः
१० धर्मनाथको इकामा
२० बैदेशिक रोजगार बिभाग (DoFE) मा रहेको धर्मनाथको श्रम स्वीकृतिको रेकर्ड
३० धर्मनाथको हुरूब (भगौडा दर्ता) रेकर्ड
४० धर्मनाथको अस्पताल भर्ना (Admission Form)
५० अस्पतालको बिल
शुभेच्छा सहित
धरम के।सी।
वि.सं.२०७४ चैत १० शनिवार १८:४९ मा प्रकाशित






























