back
CTIZAN AD

चोरी मुद्दामा जेल परेका पचासी बर्षीय सोनफी दासको मृत्यु

वि.सं.२०७४ चैत १३ मंगलवार

621 

shares

deathbody

१३ चैत, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए ।

नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ गते पखाला लागेर बिरामी भएकामा सोही दिन बिहानदेखि जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको थियो भने सोमबार उपचारकै क्रममा मृत्यु भएको जेलर ठाकुरले बताए ।
कैदी मुसहरलाई अत्यधिक पखाला लागेको, जीउ सुन्निएको र क्षयरोगको समेत संकेत देखा परेको बताउनु हुँदै जेलर ठाकुरले उनको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको बताए ।

मृतक कैदी मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

वि.सं.२०७४ चैत १३ मंगलवार १०:१९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...