back
CTIZAN AD

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौँमा हुँदै

वि.सं.२०७४ चैत १८ आइतवार

789 

shares
File photo
File photo

१८ चैत, काठमाडौँ । देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी मौलिकता रहेका विभिन्न वस्तु तथा सेवाको प्रदर्शन गरिने महोत्सवमा गरिने जानकारी गराइएको छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रदर्शनीमा सार्क मुलुकका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीको समेत सहभागिता रहने जानकारी दिए । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास भन्ने मूल नारा रहेको प्रदर्शनीमा ग्रामीण भेगबाट पनि उद्यमीको सहभागिता हुने जनाइएको छ ।

प्रदर्शनीमा देशभरका स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गरी उद्यमी–उद्यमीका बीच व्यावसायिक सम्बन्ध विस्तार गराउने, उद्यमीबीच अनुभव आदानप्रदान गराउने, औद्योगिक विकासका लागि नयाँ प्रविधि, कृषि औजार तथा प्रविधि एवं नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगका लागि प्रचारप्रसार गरिनेछ ।

वि.सं.२०७४ चैत १८ आइतवार २०:३७ मा प्रकाशित

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...