back
CTIZAN AD

साहको अध्यक्षतामा अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टर गठन

वि.सं.२०७४ चैत १८ आइतवार

1.3K 

shares

 

१८ चैत, विराटनगर। नेपाल–भारतका पत्रकारबीच सूचनाको आदानप्रदान, हकहितका लागि अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टरअन्र्तगत ‘इन्टरनेशनल प्रेस क्लब नेपाल च्याप्टर’ गठन भएको छ ।

नेपाल र भारतका पत्रकारको समन्वयमा उक्त क्लब गठन भएको हो । पत्रकार हिरालाल साहको अध्यक्षमा प्रदेश नं १ र २ पत्रकारलाई समेटेर १९ सदस्यीय समित गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेश नं १ र २ को उपाध्यक्षद्वयमा कौशल निरौला र गणेश ठाकुुर रहेका छन् भने महासचिवमा पदम सरदार, उपमहासचिवमा चन्दन रौनियार, सचिवमा प्रदेश नं १ र २ बाट क्रमशः नितेश चौधरी र अनिल बर्मा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रदेश नं २ बाट पारसमणि ठाकुुर तथा प्रदेश नं १ बाट सहकोषाध्यक्षमा सुुुशीला पाठक रहेका छन् ।

सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, महासंघका उपाध्यक्ष कुुमोद अधिकारी, नेपाल प्रेस युुनियन मोरङका अध्यक्ष मीनकुुमार नवोदित, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुुन्दर सुुतिहार, सूर्यनारायण यादव र अनन्त अनुुराग रहेका छन् ।

क्लबले नेपाल, भारत, भुुटान तथा बंगलादेशलगायत सार्क राष्ट्रका पत्रकारलाई समेटेर समिति विस्तार गरिने इन्टरनेशनल क्लब भारतका अध्यक्ष रामानन्द सिंह रोशनले जानकारी गराए । नेपालमा सातै प्रदेशमा क्लब गठन गरिने जनाइएको छ ।

वि.सं.२०७४ चैत १८ आइतवार २०:३९ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...