back
CTIZAN AD

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड

वि.सं.२०७४ चैत १८ आइतवार

996 

shares

१८ चैत,काठमाडौँ  । रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित साधारण शेयर (आइपिओ) को आज बाँडफाँड भएको छ ।

दुवै आयोजनाका प्रमुख तथा बिक्री प्रबन्धकको उपस्थितिमा आज शेयर बाँडफाँड गरिएको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक कम्पनीका लगानीकर्तालाई संयुक्त रुपमा आजै शेयर बाँडफाँड गरिएको हो ।

रसुवागढीले सञ्चयकर्तालाई खुला गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयरमा एक लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको छ भने एक हजार ८५ जनाको आवेदन रद्द भएको छ ।

स्वीकृत आवेदकमध्ये ५० देखि ७० कित्तासम्म शेयर माग गर्ने सबैलाई मागअनुसार शेयर दिइएको रसुवागढीका प्रमुख माधव कोइरालाले जानकारी दिए । यसरी बाँडफाँट गर्दा बाँकी रहेको छ लाख ८० हजार १८५ कित्ता शेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेलाई १० कित्ता थप गरिएको छ । त्यसो गर्दा पनि बाँकी रहेका थप पाँच जना लगानीकर्तालाई पुनः गोलाप्रथाबाटै थप एक/एक कित्ता शेयर प्रदान गरिएको छ ।

सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ताका लागि बिक्री गरेको ७१ लाख १७ हजार ५०० कित्ता शेयरमा कुल एक लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

आवेदनकर्ता सबैलाई ३० कित्ताको दरले शेयर दिइएको छ । यसरी शेयर शेयर दिँदा पनि १५ लाख ६६ हजार कित्ता ४५० कित्ता बाँकी रहन्छ । यो बाँकी रहेको शेयर फेरि गोलाप्रथाबाट बाँडफाँड गरी एक लाख ५६ हजार ६४५ जनालाई १० कित्ता शेयर थप गरिएको छ ।

यसैगरी, सान्जेनको संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई निष्कासन गरिएको १२ लाख ७७ हजार ५०० कित्ता शेयरको पनि बाँडफाँट गरिएको छ । यसमा ५० देखि १४० कित्तासम्म माग गर्ने सबैलाई मागअनुसार नै शेयर वितरण गरिएको छ ।

यसैगरी, १५० देखि ३०० कित्तासम्म माग गर्नेलाई पनि १४० कित्ता शेयर वितरण गरिएको आयोजनाले जनाएको छ । यसरी शेयर बाँडफाँड गर्दा बाँकी रहेको २७ हजार ४६० कित्ता शेयर भने गोलाप्रथामार्फत वितरण गरिएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म सञ्चयकर्तालाई शेयर बिक्री गरेको थियो भने यही चैत ५ गतेदेखि १३ गतेसम्म संस्थापक लगानीकर्ता समूहअन्तर्गत रहेका लगानीकर्तालाई शेयर विक्री गरिएको थियो ।

संस्थापक लगानीकर्तामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका साविक जिल्ला विकास समिति र गाउँ विकास समिति र सञ्चयकोषका कर्मचारीले आवेदन दिएका थिए ।

रसुवामा निर्माणाधीन दुवै आयोजनाको औसतमा ६५ प्रतिशत निर्माण सकिएको छ । सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती आयोजनाले सञ्चयकर्ता र संस्थागत लगानीकर्ता समूहमा रहेका शेयर लगानीकर्तालाई पहिलो चरणमा शेयर बिक्री गरेको हो ।

वि.सं.२०७४ चैत १८ आइतवार २०:४७ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...