back
CTIZAN AD

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

वि.सं.२०७४ चैत १९ सोमवार

1K 

shares

१९ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताएका छन्। इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।

वि.सं.२०७४ चैत १९ सोमवार १२:०५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...