back
CTIZAN AD

ज्यान मार्ने अभियोगमा झा पक्राउ

वि.सं.२०७४ चैत २३ शुक्रवार

750 

shares

२३ चैत, विराटनगर । ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।

गत, फागुन २६ गते मोरङको बेलबारीस्थित भाउन्ने जंगलमा बेहोश अवस्थामा फेला परेकी पीडित महिला सोनियाको उद्धार गरी बिपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रहरीले भर्ना गरेको थियो । पीडित महिलाको बयानको आधारमा पक्राउमा परेका झाले विवाह गर्छु भनेर पटकपटक शारीरिक सम्बन्ध बनाएको बताएकी छन् ।

आपूmले विवाहका लागि दबाब दिँदा झापाको दमकमै बस्ने भनेर भाउन्ने जंगलमा लगेर सन्तोष तामाङको सहयोगमा ज्यान मार्न खोजेको बताउनुभयो । सोनियाको गर्भमा रहेको सात महिनाको बच्चा पेटमै मरेको बताइएको छ ।

झालाई विराटनगर–१३ बाट पक्राउ गरी उनीमाथि ज्यान मार्ने, जबरर्जस्ती करणी र गर्भपतनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही थालिएको छ ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १६:०१ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...