back
CTIZAN AD

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

वि.सं.२०७४ चैत २३ शुक्रवार

702 

shares

२३, चैत । काठमाडौँ । युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वकर्मले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन् ।
ती काम आफूले एक सय दिनमा पूरा गर्ने प्रतिबद्धता पनि विश्वकर्मले व्यक्त गरे । लोकप्रियतालाई नभई काम गर्ने उद्देश्यले नै एक सय दिनमा गर्न सक्ने काममात्र आफूले सार्वजनिक गरेको र यसले खेल क्षेत्रमा आशा जगाउने विश्वकर्माको भनाइ थियो ।
विश्वकर्माले खेलाडी र खेलकूदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको जानकारी दिए ।
नेपाल क्रिकेट संघ क्यान र मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि विश्वकर्माको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद आचार्यले एक खेल एक संघको अवधारणा ल्याउन लागिएको बताए ।

राष्ट्रिय खेलकूद परिषद्मा अहिले १८६ संघ दर्ता छन् ।

कार्य योजनामा मन्त्रालयको संगठन पुनःसंरचना, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन, खेलकूदका राष्ट्रिय संघहरुको अभिलेख राख्ने, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन गर्ने, १२ वर्षे खेलकूद गुरुयोजना तर्जुमा गर्ने, पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नेलगायतका विषय रहेका छन् ।

यस्तै, खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडैाँउपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने, युवा संसद् अभ्यासको तयारी गरिने, १६५ निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नेलगायतका योजना रहेका छन् ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १६:२२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...