back
CTIZAN AD

प्यारामोटर उडाएका चेपाङको प्रतिभाको प्रशंसा

वि.सं.२०७४ चैत २४ शनिवार

825 

shares

२४ चैत, रत्ननगर, चितवन । प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गरेका छन् ।

चेपाङले निर्माण गर्न लागिएको मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पैसाको अभावमा कुनै काम नरोकिने प्रतिवद्धता व्यक्त गरे ।

भरतपुरमा शुक्रबार सरोजसँग भेट गर्दै मुख्यमन्त्री पौडेलले भने “तपाईंमा क्षमता छ, नआत्तिनुस्, निर्र्धक्क भएर काम गर्नुस्, पैसाको कारणले काम रोकिँदैन ।”

चितवन उद्योग संघको आयोजनामा आजदेखि शुरु औद्योगिक प्रदर्शनीमा सहभागी हुन मुख्यमन्त्री पौडेल चितवन आएका थिए । प्रदर्शनीको उद्घाटन समारोह सकिएपछि उनले चेपाङसँग भेट गरेका थिए । प्रदर्शनीमा चेपाङको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको छ ।

सो क्रममा प्रदेश नं ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले प्रतिभाको प्रशंसा गर्दै आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

भेटमा सरोज चेपाङले भने, “हजुरहरू सबैले सहयोग गर्नुहोला, मसँग पैसा छैन ।” उनले पैसा भए मिनी एयरक्राफ्ट चार महिनामा उडाएर देखाउने दाबीसमेत गरे ।

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीका सरोजले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर चैत ४ गते उडाएका थिए । ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले एक महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरिएको बताए ।

प्यारामोटर निर्माण गर्न उनले मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लज, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरिएको थियो ।

परीक्षणस्वरुप सरोजले उडाएको प्यारामोटर ४० मिनेटसम्म आकाशमै घुमेको थियो । आर्थिक अभावका कारण मिनी एयरक्राफ्ट निर्माणमा समस्या भएको उनकी आमा लीला प्रजाले बताइन् । सरोज अहिले चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा प्यारामोटर र निर्माणाधीन मिनी एयरक्राफ्ट लिएर बसेका छन् ।

वि.सं.२०७४ चैत २४ शनिवार ०८:४७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...