back
CTIZAN AD

यातना दिएर छोरीको हत्या गरेको अभियोगमा बाबु जेल चलान

वि.सं.२०७४ चैत २४ शनिवार

864 

shares

apradhi२४ चैत, महेन्द्रनगर, धनुषा । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्ने जिद्दी गरेका कारण बाबु दिलीपले फागुन ८ मा उनलाई जनकपुर ल्याई कुटपिट गरेर हत्या गरी शव जलाएको बुझिएको छ ।

काठमाडौँको एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउने नाममा बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौँबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिल टोलस्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटना फागुन ८ गते साँझ भए पनि स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार अनुसंन्धान गर्दै जाँदा हत्या नै भएकोे तथ्य फेला पर्न थालेपछि फरार अभियुक्त बाबु दिलीपलाई गत फागुन २६ गते पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

फागुन ८ गते राति छोरीलाई कुटपिट गर्ने क्रममा स्नेहाको हत्या भएको बुझिन आएको छ । त्यसको अर्को दिन छोरीको शव घरमै राखेर साँझपख आफ्ना केही साथीहरूको सहयोगमा एम्बुलेन्स बोलाएर छोरी बिरामी भएको भन्दै उपचारका लागि भारतको दरभंगा लग्न लगेको भनी हिँडेका थिए ।

एम्बुलेन्स चालकका अनुसार आफूलाई मृत छोरीको अन्त्येष्टि गर्न गाउँ लग्न लागेको भनी दिलीपले भनेपछि पहिला सामान्य रूपमा हिँडेको थिए । तर तिनकौरिया चोकमा पुगेर दिलीप र उनका साथीहरू खाजा खाने भन्दै रक्सी पसलमा पसेपछि आफूलाई शंका लागेको एम्बुलेन्स चालकले प्रहरीलाई बयानमा बताएका छन् ।

शव जलाइएको स्थानसम्म दिलीपले एम्बुलेन्स लगेका थिएनन् उनले चालकलाई गाउँको मुखमै रोकेर त्यहाँबाट शवलाई काँधमा बोकेर शहीदनगर नगरपालिका–७ नेमुवाटोलस्थित नहर छेउमा जलाएका थिए । शव जलेपछि बचेको अस्तुलाई दिलीपले नहरमा बगाएका थिए । तर एउटा ठूलो हड्डी घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

स्नेहाको हत्यामा संलग्न अन्य १० जना आरोपी फरार रहेका छन् । पक्राउ परेका राधेश्याम विदेह नगरपालिका–६ स्थित जनता उच्चमावि गिद्धाबेलापट्टिका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने बुबा दिलीप यादव नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् । स्नेहाको हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ चैत २४ शनिवार ०८:५२ मा प्रकाशित

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...