back
CTIZAN AD

धनगढी प्रिमियर लिग : काठमाडौँ गोल्डेन्सको लगातार जित

वि.सं.२०७४ चैत २४ शनिवार

780 

shares

 

२४ चैत, धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।

काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई पाँच विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंँले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो ।

काठमाडाँैका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा चार छक्का र पाँच चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले दुई छक्का र तीन चौका हाने । सन्नी पटेलले तीन छक्का र एक चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।

बलिङतर्फ विराटनगरका वसन्त रेग्मीले दुई तथा कप्तान पारस खड्का, सुभम कामत र मञ्जित श्रेष्ठले एक÷एक विकेट लिए ।

यसअघि विराटनगरका लागि बाबर हायतले ३३ बलमा सात छक्का र तीनसहित ६७ रन बनाए । दिलीप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र वसन्त रेग्मीले १०÷१० रन बनाए ।

बलिङतर्फ काठमाडौँं गोल्डेन्सका लागि ललित राजवंशीले चार विकेट लिए । उनले चार ओभरमा १८ रन खर्चे । रसिद खानले दुई तथा सुबोथ भाटीले एक विकेट लिए ।

 

वि.सं.२०७४ चैत २४ शनिवार ०८:५९ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...