back
CTIZAN AD

यस्तो छ दक्षिण एशियाली खेलकुदको पूर्वाधार समितिले बुझाएको प्रतिवेदन

वि.सं.२०७४ चैत २४ शनिवार

855 

shares

pratibedan receiving

२४ चैत, काठमाडौँ । आसन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उक्त प्रतिवेदन बुझाउँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिलले १३औँ सागमा २५ खेल समावेश गर्ने निर्णयलाई लक्षित गरी प्रतिवेदन तयार पारिएको अवगत गराए । काउन्सिलले आर्चरी, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, ह्याण्डबल, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, टेबलटेनिस, स्क्वास, कबड्डी, खो खो, लनटेनिस, सुटिङ, पौडी, साइक्लिङ, फेन्सिङ, कराते र गल्फ समावेश गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदनमा आर्चरी, भलिबल, ह्याण्डबल, महिला फुटबल र ट्रायथलनलाई पोखरामा आयोजना गर्न प्रस्ताव गरिएको छ । साइक्लिङ काठमाडौँ, चितवन वा नवलपरासीमध्ये एक स्थानमा गर्न उपयुक्त हुने सुझाव दिएको छ । बाँकी खेललाई काठमाडौँमा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै सागमा समावेश खेलका खेल स्थल र प्रशिक्षणका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मौजुदा पूर्वाधारलाई उचित मर्मतसम्भार गरी खेल खेलाउन उपयुक्त बनाउनाका साथै निर्माण गर्नुपर्ने नयाँ पूर्वाधारका विषयमा उल्लेख छ ।

समितिले परिषद्मातहतका पूर्वाधार, नेपाली सेना, नेपाल प्रहरी, एपिएफ र विभिन्न संस्थाका पूर्वाधारको समेत अवलोकन गरेको थियो । प्रतिवेदन बुझेपछि मन्त्री विश्वकर्माले नेपालले आयोजनाको जिम्मेवारी पाएको उक्त खेललाई सफलतापूर्वक सम्पन्न गरी देशको गौरवलाई विश्वमा बढाउन सकिने हुँदा सबैको सहयोगको अपेक्षा व्यक्त गरे ।

वि.सं.२०७४ चैत २४ शनिवार ०९:०२ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...