back
CTIZAN AD

कम उमेरमा हृदयाघात हुने जोखिम

वि.सं.२०७४ चैत २४ शनिवार

834 

shares

bhagawan koirala
जुम्ला  । वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा कोइरालाले भने, “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ।” दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उनको भनाइ थियो ।
शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिश गरिएको छ । सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा रु एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उहाँले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने जनाए । हिमाली जिल्लामा नवनिर्मित ३०० श्ययाको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रथामिकता दिनुपर्नेमा उनको जोड थियो ।

शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए । प्रतिष्ठान जुम्लासँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको रु दुई करोड ४० लाख खर्च हुन जोगिएको छ ।
शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा व्यक्त गरे । प्रतिष्ठानका डीन प्रा डा मरहट्ठाले कार्डियो भास्कुलर थेरापीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सेवा निरन्तरताका लागि अनुरोध गरेका थिए । मुटुरोग विशेषज्ञ डा कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो ।

वि.सं.२०७४ चैत २४ शनिवार ०९:१७ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...