back
CTIZAN AD

‘शहीदपुत्र’को उपचारका लागि सहयोग माग

वि.सं.२०७४ चैत २४ शनिवार

900 

shares

२४ चैत, लिवाङ, रोल्पा । ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका माडी गाउँपालिका– ५ भाबाङ रोल्पाका २९ वर्षीय सन्तोष बुढा मगरको उपचारमा विभिन्न संघसंस्था, व्यक्ति र प्रवासी नेपालीबाट रु १८ लाख १७ हजार ५७७ संकलन भएको छ ।
शहीदपुत्र सन्तोष हाल उपचारका क्रममा भरतपुर क्यान्सर अस्पताल चितवनको शय्या नं ११० मा रहेको माडी गाउँपालिका–५ रोल्पाका वडाध्यक्ष भरतबहादुर बुढा मगरले जानकारी दिए । दशवर्षीय सशस्त्र युद्धका बेला विसं २०५८ पुस १२ गते सन्तोषका बुबा धनीरामको राज्यपक्षबाट रोल्पाको घर्ती गाउँमा हत्या भएको थियो । बुबाको हत्या हुँदा सन्तोष १२ वर्षका थिए ।
उनका घरमा ९२ वर्षीया हजुरआमा र ६२ वर्षीया आमा छन् । उपचारका क्रममा चार वर्ष पहिले सन्तोषकी श्रीमतीको एउटा मिर्गौला फालिएको छ । उनका एक मात्र छोरा विविध समस्याका कारण मामाघर सुर्खेत बस्दै आएका छन् । केही वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा पुगेका सन्तोष हातखुट्टा दुख्ने, ज्वरो आउने, कमजोरी महसुस हुने तथा व्यथाले दिनप्रतिदिन च्याप्दै लगेपछि करीव चार महिना अगाडि मात्र स्वदेश फर्की उपचार गराउँदा ब्लड क्यान्सर देखियो ।
सन्तोषको उपचारका लागि अझै केही थप खर्च लाग्ने भएको हुँदा उपचारार्थ सहयोग गर्न चाहने दाताले ग्लोबल बैंकको खाता नं ३३०९०१११५०२७२ मार्फत सहयोग गर्न सकिने वडाध्यक्ष मगरले जानकारी दिए । सहयोगी मनबाट रकम संकलन भएपछि श्रीमान्को स्वास्थ्यमा थप सुधार आएकामा २६ वर्षीया श्रीमती रसकुमारीले खुशी प्रकट गर्दै सो रकम अझै पर्याप्त नभएको हुँदा थप सहयोगका लागि सबैसँग आग्रह गरे ।

वि.सं.२०७४ चैत २४ शनिवार १०:५१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...