back
CTIZAN AD

कृषक प्रोत्साहनका लागि गाउँपालिकाको आर्थिक सहयोग

वि.सं.२०७४ चैत २४ शनिवार

930 

shares

२४ चैत, पोखरा । रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० हजार र रु १५ हजार समूहगत रुपमा तथा भकारो र गोठ सुधारका लागि प्रतिकृषक रु १०÷१० हजारका दरले नगद उपलब्ध गराइएको हो ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शुक्रबार भीरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, कृषि र खानेपानी जोड दिई आधुनिक तरिकाबाट व्यावसायिक कृषिमा लाग्ने किसानको पक्षमा सक्दो सहयोग पु¥याउने बताउँदै पाँच स्वास्थ्यचौकीमा रु २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिने तयारी भइरहेको जानकारी दिए ।

क्षेत्रीय माटो परीक्षण प्रयोगशाला विरौटा र माटो विज्ञान प्रयोगशाला वन विज्ञान अध्ययन संस्था पोखरा क्याम्पसको प्राविधिक सहयोगमा गाउँपालिकास्तरीय दुईदिने माटो परीक्षण शिविरसमेत आयोजना गरिएको थियो ।े शिविरमा गाउँपालिका सातवटै वडाका २५१ स्थानबाट संकलन गरिएको माटो परीक्षण गरिएको माटोविज्ञ रवीन्द्र अधिकारीले जानकारी दिए ।

परीक्षणका क्रममा माटामा अम्लीयपनको मात्र बढी देखिएको छ । डिएपी र नाइट्रोजन मल बढी प्रयोग हुनाका साथै गोवर र कम्पोष्ट मलको प्रयोगका बारेमा कृषकलाई ज्ञान नहुँदा पोटासको मात्रा खस्कँदो रुपमा रहेको क्षेत्रीय माटो परीक्षण कार्यालयका वरिष्ठ माटोविज्ञ निसार अहमद खाँले जानकारी दिए । सिद्धार्थ पशुबीमाका गोविन्द देवकोटाले कृषकलाई पशुधनको सुरक्षाका लागि बीमा गरेर ढुक्क हुन आग्रह गरेका थिए ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा ‘आरआरटी, सिआरआरटी चौमासिक समीक्षा तथा महामारीजन्य रोग’ विषयको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जनस्वास्थ्य प्रसारक दिनेशकुमार चापागाईंले मौसमी तथा बेमौसमी महामारी रोग पहिचान गरी उचित उपचारका लागि स्वास्थ्यकर्मी सचेत रहनुपर्ने बताए । रासस

वि.सं.२०७४ चैत २४ शनिवार १०:५३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...