back
CTIZAN AD

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी सहभागी

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

699 

shares

exam control१४ वैशाख भक्तपुर । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ ।

परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उनले जानकारी दिएका छन् ।

बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन भएका छन् ।

कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताउका छन् ।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ११:३० मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...