
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक ईन्स्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराईले हस्ताक्षर गरेका हुन् । सो बैंक ईन्स्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक , बाल शिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।
वि.सं.२०७५ वैशाख १४ शुक्रवार ११:३० मा प्रकाशित






























