back
CTIZAN AD

एकसय २० जनामा मुटुको समस्या

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

738 

shares

heart-problem१४ वैशाख, मंगलबारे, इलाम । पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ ।

जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ ।

शिविरमा सेवाग्राहीलाई हृदय केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको नेतृत्वमा आठ डाक्टरसहित १७ जना चिकित्सकको टोलीले सेवा दिएको थियो ।

मुटु रोगीमध्ये कोहीको भल्व फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने र कसैको शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेको शर्माले जानकारी दिएका छन् । मुटुजाँच गराएकामध्ये प्रतिशतका आधारमा मुटु रोगीको संख्या उच्च भएको डाक्टर शर्माको भनाइ छ ।

शरीर सञ्चालनको सबैभन्दा महत्वपूर्ण अंगका रुपमा मुटुलाई लिइन्छ । यस्तै मुटु रोगीका लागि जोखिम मानिने रक्तचापका बिरामीको संख्या शिविरमा आएकामध्ये करीब ८० प्रतिशतमा पाइएको उनले बताए ।

मुटु परीक्षण गराएकाको मुटुको ढुकढुकी बढ्ने, डर लाग्ने, निन्द्राबाट बिउझिँदा तर्सिनेजस्ता समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । मुटु रोग जन्मजात, रगत नली बिग्रेरलगायत विभिन्न कारणबाट हुनसक्छ ।

यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नुपर्ने, धुम्रपान र मध्यपानबाट टाढै रहनु पर्ने, सन्तुलित खानपानमा ध्यान दिनुपर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ११:४१ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...