back
CTIZAN AD

गाई–वस्तु दुहुने यन्त्रको प्रयोग बढ्दै

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

615 

shares

 

१४ वैशाख, ललितपुर । एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् ।

केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताएका छन् । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् ।

एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छन् । यी उपकरणका कारण जनशक्ति बचत हुने उनले बताएका छन् । उनले भने, “मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।”

दूधलाई सफा बनाउनका लागि पनि मिल्किङ पार्लरले सहयोग गर्ने डा झाले बताए । उनले बताए, “किसानले गोठको अरु काम सकेर दूध दुहुँदा हात सफा नहुन सक्छ तर यन्त्रले गर्दा दूध सफा हुने बढी सम्भावना हुन्छ । धेरै संख्यामा पशु पाल्नेका लागि मिल्किङ पार्लर सजिलो भएको किसानले बताउँदै आएका छन् । हातले दुहुँदा किसानले दूध सबै दुहुन नसके पनि उपकरणले सबै निखार्छ ।

शहरी क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या बढ्दा विभिन्न उपकरणको प्रयोग बढ्दो छ । पशुपालनमा प्रयोग हुने उपकरण ग्रामीण क्षेत्रसम्म भने फैलन सकेको छैन ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ११:५३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...