back
CTIZAN AD

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

630 

shares

pokhara baglung१४ वैशाख, बागलुङ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन् ।

जिल्ला समन्वय समितिले बिहीबार गरेको जिल्लाको विकाससम्बन्धी बहसमा त्यस्तो साझा अठोट लिइएको हो । बजेट, कार्यक्रम ल्याउनेदेखि नीति बनाउने तहमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनप्रतिनिधिबाट आएको छ । जिल्लाबाट संघ र प्रदेशसभामा मात्रै १५ जना जनप्रतिनिधि छन् ।

स्थानीय तहलाई सशक्त तुल्याउँदै प्रदेश र संघमा जिल्लाका मुद्दा सम्बोधनमा कुनै कमी आउन नदिने बताइएको छ । जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पूर्वाधार विकासमा जोड दिइने बताएका छन् ।

चालू अवस्थाका आयोजना समयमै पूरा गर्ने र नयाँ योजना पार्नेतिर पहल अगाडि बढाइएको उनको भनाइ छ । “बागलुङको समृद्धि हाम्रो एकमात्र लक्ष्य हो”, उनले भने, “जिल्लाको विकासमा हामी सासंदहरुको सामूहिक पहल अघि बढेको छ ।”

प्रतिनिधिसभाका अर्का सदस्य सूर्य पाठकले प्रदेश र स्थानीय तहमै बढी अधिकार आएकाले संघको भूमिका बढी समन्वयात्मक हुने बताए । “प्रदेश र स्थानीय तहतिरै बढी अधिकार आएको छ“, उनले भने, “हामीले त्यही भूमिका बढाउनुपर्छ ।”

जिल्लाको समग्र विकासको खाका र कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले जिल्लाको मागलाई सशक्त रुपमा केन्द्रमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य कोपिला बोहोराले जिल्लाको विकासका लागि दृढ भएर लाग्ने बताए । “कुन उपायले हुन्छ, जिल्लाको विकासमा लागिपर्नेछु”, उनले भने ।

संघ र प्रदेशसभाका सदस्यहरुले पूर्वाधार विकासमा बढी जोड दिएका थिए । सडक, विद्युत्, खानेपानी, सिँचाइलगायतका पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनुपर्ने आवाज उठेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले पनि पूर्वाधार विकासमै जोड दिएका थिए । अन्तरजिल्ला र प्रदेशसमेत जोड्ने सडक केन्द्रीय आयोजनामा समेट्नुपर्ने उनीहरुको माग छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरले विकासको खाका बनाउँदा सम्भावना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए । उनले एकीकृत विकासको अवधारणाबाट कृषि, पर्यटन, जलविद्युत् र अन्य पूर्वाधार विकासका क्षेत्रमा काम गर्नुपर्ने सुझाव राखे ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्यमा पनि जिलला पछाडि परेको उल्लेख गरे ।
बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विकासमा सबै पक्षले एक नीति अपनाउनुपर्ने विचार राखे । उनले सबै दलका चुनावी घोषणापत्रलाई एकीकृत गरी विकासमा जुट्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले विकासका सम्भावना पहिल्याएर केन्द्रदेखि स्थानीय तहको बजेट, कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने बताएका छन् ।

समितिले केन्द्र र प्रदेशमा माग गर्नुपर्ने विकास आयोजना किटानसमेत गरेको छ । सडक, विद्युत्, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, सिँचाइ, उद्योग, व्यापार क्षेत्रलाई जोड दिइएको छ ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार १२:११ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...