back
CTIZAN AD

शुल्क वृद्धि फिर्ता गराउन विद्यार्थीको देशभर अभियान

वि.सं.२०७५ वैशाख १५ शनिवार

783 

shares

१५ वैशाख, भक्तपुर ।  निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ ।

शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न गराउन माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियू, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र नेक्राविसंघले संयुक्त ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियूका कावा अध्यक्ष महेश बर्तौलाले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान भक्तपुर नगरपालिकाबाट शुरु भएको बताए ।

केही दिनभित्रै सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएर शुल्क वृद्धि फिर्ता गर्न दबाब दिने बताउँदै उनले शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन शुरु गर्ने बताए ।

नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाही, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ, अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेल र नेक्राविसंघका अध्यक्ष नीरज लबजुसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

सरोकारवालासमेतको सहमतिमा सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गरी निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धि फिर्ता गराउन विद्यार्थी संगठनले माग गरेका छन् । विद्यालयको अनुगमन गरी मापदण्ड नपुगी सञ्चालन गरिएका विद्यालयलाई कारबाही गर्न माग गरेको अनेरास्ववियूका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।

विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी भइरहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले बताए ।

आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन सरकारसमक्ष अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटाँै र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले माग गरेका छन् ।

वि.सं.२०७५ वैशाख १५ शनिवार ०९:२६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...