back
CTIZAN AD

टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

वि.सं.२०७५ वैशाख १५ शनिवार

750 

shares

१५ वैशाख, पोखरा  । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक हस्तान्तरण गरेको छ ।

गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो । पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक एवं सहयोगीका लागि सिात वर्षयता संघले प्रत्येक वर्ष ७५ पथप्रदर्शक तथा सहयोगीका लागि रु १० लाख बराबरको बीमाका साथै हेलिकोप्टर तथा सवारीसाधनबाट उद्धार गर्नका लागि बीमाको व्यवस्था गरेको छ ।

बीमा रकमको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष दीपकराज अधिकारीले टिम्स (पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथप्रदर्शक एवं सहयोगीले बीमाको दाबी गर्नसक्ने भएकाले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवं सहयोगीलाई आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदयात्रामा जाने पथप्रदर्शक एवं सहयोगीका लागि संघले गरेको बीमा व्यवस्था अन्य पर्यटनसम्बद्ध संघसंस्थाका लागि पनि अनुकरणीय भएको बताए ।

संघका पूर्वअध्यक्ष सोमबहादुर थापाले पदयात्रा पर्यटनको विकासका साथै पथप्रदर्शक एवं सहयोगीले भोग्ने गरेका समस्याप्रति राज्य पनि गम्भीर बन्नु आवश्यक रहेको बताए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी, पोखरा शाखाका कार्यालय प्रमुख कविराज पौडेल, संघका सचिव सुशीलराज पौडेल, युनिट्राभका केन्द्रीय उपमहासचिव तुलसीप्रसाद सुवेदीलगायतलेसंघले पथप्रदर्शक एवं सहयोगीका लागि गरेको बीमाको व्यवस्था प्रशंसायोग्य भएको धारणा राखे ।

वि.सं.२०७५ वैशाख १५ शनिवार ११:०२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...