back
CTIZAN AD

परम्परागत लोक संस्कृति लोप हुँदै

वि.सं.२०७५ वैशाख २६ बुधवार

1K 

shares

२६ वैशाख, रामपुर, पाल्पा ।  कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ ।

दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउछन् ।

पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । “अहिलेका युवाले पुरानो संस्कृति सिक्न खोज्दैनन्, पुराना गीत गाउने र नाच्ने व्यक्ति मरेर गएपछि संस्कृति पनि हराउन पुग्यो” उनले बताए ।

रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्रमा करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । तर यहाँका कुमाल समुदायका नयाँ पुस्तालाई अहिले लोक कला संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

अबको पाँच वर्षभित्रमा नगरपालिका र वडा कार्यालयसँग विभिन्न कार्यक्रम माग गरेर कुमाल समुदायको लोक संस्कृति संरक्षणको काम गर्ने रामपुर नगरपालिका–६ का वडा सदस्य तथा स्थानीयवासी लोकमाया कुमालले बताए । उनले आफैँलाई कुमाल संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

“गाउँमा म सानो छँदा नै बुबा आमाले गीत गाउने, नाच्ने गर्थे, हामीले उनीबाट संस्कृतिबारे ज्ञान सीप सिकेनौँ र अर्कोतर्फ संरक्षणमा कसैको ध्यान नपुग्दा समुदायबाट पुरानो संस्कृति हराउन पुगेको छ” उनले बताए ।

कुमाल समुदायको संस्कृति समुदायबाटै लोप हुनु भनेको समुदायको पहिचान मेटिनु हो । समुदायको लोक संस्कृति बचाउनका लागि नगरपालिका र वडा कार्यालय सदैव प्रतिबद्ध रहने नगरका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताए ।

पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती छ । यहाँ करीब छ हजारको हाराहारीमा कुमाल समुदाय वसोवास गर्दछन ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १२:३४ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...