back
CTIZAN AD

माले द्धारा कालोपत्रे गुणस्तरहीन भएकोमा विरोध

वि.सं.२०७५ वैशाख २६ बुधवार

792 

shares

road of kathmandu

२६ वैशाख, खोटाङ । कालोपत्रेको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै (नेकपा) मालेले बिरोध जनाएको छ ।

ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक पनि गुणस्तरहीन भएको भन्दै नेकपा (माले), खोटाङले विरोध जनाएको हो ।

जिल्ला समन्वय समितिलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेकपा (माले)ले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेकाले कारबाही गर्न माग गरेको छ । डेढ वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने दिक्तेल–हलेसी सडकमा ठेकेदारले अझै पनि ग्राभेलको कामसमेत पूरा नगरेकाले विरोधमा उत्रनु परेको पूर्व सांसद एवं नेकपा (माले)का पोलिटब्यूरो सदस्य कुलप्रसाद फुयाँलले बताए ।

हलेसी–अर्खौले खण्डको कालोपत्रेका काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि गत चैत १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अध्ययन गरेर ल्याब टेष्टका लागि कालोपत्रे काटेर लगेको थियो । दिक्तेल–हलेसी खण्डको विभिन्न चरणका काम १२ जुन २०१६ मा सम्पन्न गर्ने गरी ठेकेदारले १४ जुन २०१४ मा शुरु गरेको थियो ।

मध्यपहाडी लोकमार्गकै जयराम–हलेसी र दिक्तेल–चखेवा सडकखण्डको कालोपत्रेका काममा पनि उस्तै ढिलासुस्ती देखिएको नेकपा (माले)ले जनाएको छ । पहिलोपटक २०६७ सालमा ओटासिल गरिएको जयराम–हलेसी सडकमा रौता कन्ट्रक्सनले डिबीएमएसटी पिचको काम गरिरहेको छ ।

आव २०७१–०७२ मा टेण्डर भएपछि २०७५ सालभित्र कालोपत्रेका काम पूरा गर्ने गरी ठेकेदार कम्पनी गोल्डेन गुड–रमन जेभीले जिम्मा लिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको काम पनि गुणस्तरहीन भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । सडकको पर्खाल र ढल निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलाएको, कमसल गिट्टी प्रयोग गरिएको, मसला बनाउन फोहर र धमिलो पानी उपयोग गरिएको नेकपा (माले)ले आरोप लगाएको छ ।

कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटृी (साना) ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहीन भएको पूर्व सांसद फुयाँलले दाबी गरेका छन् ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:०८ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...